स्विडेनलाई २-० ले हराउँदै इङल्याण्ड सेमिफाइनल प्रवेश

July 7, 2018

ह्यारी मगुइरे र डेली अलीको गोल तथा गोलकिपर जोर्डन पिकफोर्डको उत्कृष्ट बचाउमा इंग्ल्याण्ड स्वीडेनलाई पराजित गर्दै २८ वर्षपछि फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

रसियामा भइरहेको २१औँ विश्वकप अन्तर्गत तेस्रो क्वाटरफाइनलमा स्वीडेनलाई २-० ले हराउँदै थ्री लायन्सले अन्तिम चारमा स्थान बनाएको हो। उसले अब फाइनल प्रवेशका लागि आयोजक रसिया र क्रोएसियाबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग सेमिफाइनल खेल्नेछ।

 

सम्बन्धित समाचार