एनअारएन मिडिया समिति गठनप्रति पत्रकार महासंघ युरोप शाखाको आपत्ति

June 9, 2018

गैर आवासीय नेपाली संघको अर्को महिनाका लागि तोकिएको युरोपस्तरीय क्षेत्रीय भेलाका लागि गठन गरिएका मिडिया समितिमा नेपाल पत्रकार संघ युरोप शाखालाई वेवास्ता गरिएको भन्दै शाखाले विरोध जनाएको छ ।

संस्थाका अध्यक्ष केजिन राईले एक विज्ञप्ति जारी गर्दै मिडिया समिति यथावत रहेमा कार्यक्रम नै बहिस्कार गर्ने चेतावनी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको युरोप शाखाला२ पुरै बेवास्ता गर्दै गठन गरिएको समितिप्रति हाम्रो घोर आपत्ति छ । यदि सोही समिति यथावत रहेमा गैरआवासीय नेपाली संघ नामको केही व्यक्तिहरुको मात्रै रहेको निष्कर्ष निकाल्दै बाहिस्कार गर्ने जानकारी पनि गराउन चाहन्छौ ।’

जुलाइ २९ र ३० मा हुन लागिएको ११ औं क्षेत्रीय सम्मेलनका लागि चिरन शर्माको संयोजकत्वमा मिडिया समिति गठन गरिएको छ ।

सम्बन्धित समाचार