सगरमाथा दिवसमा नाम्चेमा सांगीतिक कार्यक्रम

May 23, 2018

काठमाडौं ।  सगरमाथा दिवसको अवसर पारेर सोलुखुम्बुको नाम्चेबजारमा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । प्रत्येक मे २९ का दिन मनाइने ‘एभरेष्ट डे’ अर्थात सगरमाथा दिवसको अवसर पारेर नाम्चे युवा समूहले कार्यक्रम गर्न लागेको हो ।

पार्टी एभरेष्ट इन्टरनेसनल इन्टरटेन्मेन्टको प्रस्तुतिमा हुन लागेको कार्यक्रम हिमालयन आधारभूत विद्यालयमा हुनेछ । ‘सगरमाथाको फेदी अनुप छ ठाउँ’ आन्तरिक पर्यटनका लागि नाम्चे घुम्न जाउँ’ नारासहितको कार्यक्रममा अभिनाश घिसिङ, प्रशान्त तामाङ, बद्री पंगेनी, प्रिया भण्डारी लगायतको प्रस्तुति रहने छ।

सम्बन्धित समाचार