पहिलो चरणको निर्वाचणमा कसले कहाँ जिते, विवरणसहित

June 2, 2017

एभरेस्ट टाइम्स/काठमाडौं

२० वर्षपछि वैशाख ३१ गते स्थानीय तहको पहिलो चरणको निर्वाचन मतदाताको उत्साहपूर्ण सहभागिताकाबीच सम्पन्न भयो । चितवनरको भरतपुरबाहेक ३, ४ र ६ गरी तीन प्रदेशका ३४ जिल्लामा रहेका २,८२ स्थानीय तहमा निर्वाचनको परिणाम सार्वजनिक भइसकेको छ । यसमध्ये एमाले १२५ स्थानमा, कांग्रेस १०४ र माओवादी ४६ स्थानमा प्रमुखमा विजयी भएका छन् ।
पहिलो चरणको निर्वाचनमा ६,६४२ मतदान केन्द्रमा भएको निर्वाचनबाट कुल दुई हजार ५९८ वडामा पाँचजनाका दरले १३ हजार ५५६ प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचनमा कुल ४९ हजार ३३७ उम्मेदवार चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रेका थिए । निर्वाचनमा १६० महिला र १६९ पुरुष गरी ३२९ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए ।


स्थानीय निर्वाचनको सफलतासँगै २०७२ असोज ३ मा जारी संविधानको कार्यान्वयन सुरु भएको छ । यस संविधानको पूर्ण कार्यान्वयनका लागि २०७४ माघ ७ भित्र स्थानीय, प्रदेशिक र व्यवस्थापिका संसदको निर्वाचन गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

 

 

सम्बन्धित समाचार