४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

दशौं वर्षमा एभरेस्ट टाइम्स, मनाउँदै ‘एभरेस्ट नाइट’


७ कार्तिक २०७५, बुधबार  

0
Shares

एभरेस्ट टाइम्स पाक्षिक र अनलाइन संस्करण प्रकाशन शुरु गरेको दश वर्ष पुगेको छ । न्युयोर्कबाट प्रकाशन हुँदै नेपाली पत्रिकाले नेपाली समूदायको सवालमा आवाज उठाउँदै आएको छ । यसैगरी खबर र खबरदारीमार्फत नेपालसँग पनि जोडिरहेको छ ।

अमेरिकी नेपाली समुदायको आवाज बन्ने प्रयासमा प्रवासमा नेपाली मन र पन बोकेको यो पत्रिका स्थापनाको १० बर्षगाँठको अवसरमा ‘एभरेस्ट नाइट’ कार्यक्रम आयोजना गर्न लागेको छ । ज्याक्सन हाइटस्थित बेलोजिनो हलमा नोभेम्बर १० तारिख शनिवारका लागि कार्यक्रम तय भइसकेको छ ।

कर्यक्रममा चर्चित एवं ख्याति प्राप्त कलाकारहरूको साथमा डिजेको प्रस्तुति रहने छ । कलाकारहरू सपना श्री, जगदीश समाल, बाबु बोगटी, रेश्मा सुनुवारको साथमा चर्चित लोक गायक बिमल डाँगी र निशा सुनारको रोचक दोहोरी प्रस्तुत हुने छ । त्यस्तै कार्यक्रममा वसन्त डान्स सेन्टर र झंकार डान्स सेन्टरको आकर्षक नृत्यहरू प्रस्तुत हुने छ ।

कार्यक्रममा एभरेस्ट टाइम्सको विशेषांकसमेत विमोचन गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार  ६ : ४३ बजे