स्मार्टफोन ल्याउने तयारीमा फेसबूक

August 18, 2017

लोकप्रिय सामाजिक सञ्जाल फेसबूकले आफ्नै स्मार्टफोन ल्याउने भएको छ । अहिलेसम्म आधिकारिक रूपमा भने फेसबूकले स्मार्टफोन बनाउने घोषणा गरेको छैन ।

गत जनवरी महीनामा फेसबूक कम्पनीको हार्डवेयर एकाइले ‘मोड्युलर इलेक्ट्रोमेकानिकल डिभाइस’को पेटेण्टका लागि अनुरोध गरेको थियो । अहिले ल्याइएको पेटेण्टको डिभाइसमा स्पिकर, माइक्रोफोन, टचस्क्रीन र डिस्प्ले हुन सक्छन् ।

फेसबूकले अहिले ल्याएको योजनाअनुसार आगामी दिनमा उसले आवश्यक परेको खण्डमा डिभाइसमा केही परिवर्तन गर्न सक्ने बताइएको छ । यद्यपि, यस विषयमा फेसबूक कम्पनीले यसलाई हल्लाको संज्ञा दिएको छ भने उसले यस विषयमा थप जानकारीका लागि पनि अस्वीकार गरेको छ । गएको अप्रिल महीनामा फेसबूकले स्मार्टफोनको क्यामेराको विण्डोलाई एग्युमेण्टेड रियालिटीसँग जोड्ने योजना ल्याएको थियो । यसको उद्देश्य आईवेयरको कारण स्मार्टफोनमा फोकस गर्नु रहेको थियो ।

सम्बन्धित समाचार