फागुन ४ मा टुँडिखेल: शेर्पालाई आधी, तामाङलाई आधी

February 14, 2018

काठमाडौं: यसवर्ष शेर्पाको ग्याल्पो लोसार र तामाङको सोनाम ल्होछार एकैदिन परेकोले कार्यक्रमस्थल तय गर्न दुबैलाई हम्मे पर्यो।

तामाङको २८५४ खि ल्हो मुल समारोह समितिले आयोजना गर्ने तिनिदने ल्होछार महोत्सव ३, ४ र ५ गते टुँडिखेलमा हुने जनाएको छ।

यता शेर्पाको ‘स फो खि ल्हो २१४५ औं ग्याल्पो ल्होसार’ फागुन ४ गते टुँडिखेलमै हुने भएको छ। यसअघि २, ३ र ४ गते ग्याल्पो लोसार टुँडिखेलमै मनाउने भनिएपनि तामाङ बौद्ध महासंघको भर पर्दा आफूहरुले धोका पाएको ग्याल्पो लोसार आयोजक समितिले जनाएको छ। योसँगै २ र ३ गते ग्याल्पो लोसार आयोजकले कुमारीगलको ज्योति पार्टी प्यालेसमा ल्होसार साँझ आयोजना गर्ने भएको छ।

यत तिनकुनेमा कार्यक्रम गर्ने तयारीकासाथ जुटेको तामाङ घेदुङले भने टुँडिखेलमा कार्यक्रम आयोजना गर्ने तयारी थालिसकेको छ।

तैपनि फागुन ४ गते त दुबै ल्होसार एकै ठाउँमा मनाइने भएको छ। एकैदिन दुबै कार्यक्रम एकै स्थानमा हुने भएपछि ठाउँ व्यवस्थापन गर्न मुश्किल हुने देखिएकाले दुबै आयोजकले टुँडिखेल आधीआधी प्रयोग गर्ने सहमति गरेका छन्।

‘स फो खि ल्हो २१४५ औं ग्याल्पो ल्होसार’ आयोजक समितिकी संयोजक आङडोमा शेर्पाले फागुन ४ गते टुँडिखेलमा ग्याल्पो लोसारको शुभकामना अादनप्रदान कार्यक्रम रहेको जानकारी दिइन्।

 

सम्बन्धित समाचार