१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

न्युयोर्कमा फिप्नाको अन्तरक्रिया सम्पन्न, जनजातिको समानुपातिक प्रतिनिधित्व गराउन माग



नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा शनिबार नयाँ वर्ष २०२० र नेपालका आदिवासी जनजाति समुदायहरूको राष्ट्रिय चाड पर्वहरूको अवसरमा शुभकामना आदान-प्रदान अन्तरक्रिया आयोजना गरिएको छ । कार्यक्रममा फिप्नाको वर्तमान अवस्थामा वैचारिक, सांगठनिक अवधारणा माथि छलफल गरिएको थियो ।

अन्तरक्रियामा आदिवासी जनजातीका मुद्दा, पहिचानसहितको संघीयता र आदिवासी जनजातिको समानुपातिक समावेसीकरणको सिद्धान्तका आधारमा राज्यको हरेक तहमा समानुपातिक प्रतिनिधित्व गराउने सवालमा प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ ।

कार्यक्रमको प्रमुख अतिथिमा नेपाली महावाणिज्यदूतावासका काबा महावाणिज्यदूत पुष्पराज भट्टराई , वरिष्ठ कानुन व्यवसायी तथा फिप्नाका कानुनी सल्लाहकार रमेश श्रेष्ठ, संघीय परिषदका सभामुखलगायत न्युयोर्कमा क्रियाशील सामाजिक संघ संस्थाका प्रतिनिधि सहभागी थिए ।

अन्तरक्रिया पछि जारी विज्ञप्तीको पूर्ण पाठ :

हार्दिक धन्यवाद!

आज जनवरी ४, २०२० न्युयोर्क मा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना )को आयोजक मा नया वर्ष २०२० र नेपालका आदिवासी जनजाति समुदायहरूको राष्ट्रीय चाड पर्वहरू को अवसरमा शुभकामना आदान-प्रदान तथा फिप्ना को वर्तमान अवस्था मा वैचारिक, सांगठनिक साथै कार्यक्रमिक अवधारणा माथी छलफल तथा अन्तर्क्रिया कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ ।

यो कार्यक्रमबाट नेपालको आदिवासी जनजातीहरू को मुद्दा पहिचानसहितको संघियता र आदिवासी जनजातिहरूको समानुपातिक समावेसीकरणको सिद्धान्तको आधारमा राज्यको हरेक तहमा समानुपातिक प्रतिनिधित्व गराउने सवालमा हाम्रो धारणा र संसारभरी छरिएर रहेको आदिवासी जनजातीहरूको एकतालाई बलियो बनाउदै हामी आदिवासी जनजातिको समग्र मुद्दालाई सशक्त र प्रभावकारी कार्यान्वयनमा जोड पुग्ने विश्वास व्यक्त गर्दछौ ।

साथै नेपाली अमेरीकन समुदाय विचको एकता , भातृत्व, सद्भाव कायम गर्दै आगामी दिनमा अमेरीकामा रहेका नेपाली आदिवासी जनजातिहरूको संगठनहरू मार्फत नेपालको भाषा , कला, संस्कृति, रितिरिवाज , भेशभुषालाई विश्व समुदायमा प्रवर्धन, प्रदर्शन र प्रचार गरेर नेपाल प्रती आकर्षित गराउने र नेपाली समुदाय विचमा पनि नेपाली पहिचान सहित वाच्ने सवालमा एक महत्वपूर्ण कोसेढुंगा बन्नेमा हामी विेश्वस्त छौ । आगामी दिनमा हामीले नेपाली अमेरीकन समुदायमा नेपाली आदिवासी पहिचान लाई स्थाईरूपमा यहाको स्थानीय सरकार संग समेत सहकार्य गरेर उचित संरक्षण र सम्बर्धनको कामहरू गरिने छ भन्ने विषय आजको छलफलको मुलभुत एजेण्डा रह्यो । साथै फिप्नाको आन्तरिक सुदृढ़ीकरण, कार्यक्षमता विकास , संगठन विस्तार का मुद्दाहरूलाई पनि प्राथमिकता दिने छलफलको अर्को एजेण्डा रह्यो ।

यी सबै छलफलहरू र उठेका जिज्ञासाहरूमा यहाहरूको सक्रिय सहभागिता प्रती हार्दिक धन्यवाद व्यक्त गर्दछौ । आगामी दिनमा फिप्ना ले आफ्नो वैचारिक, सैदान्तिक विचारधारालाई पनि प्रमुख प्राथमिकताका साथै मुख्य उद्देश्यमा केन्द्रीत हुदै नेपाली अमेरीकन समुदायको सामाजिक, मानवीय कार्यहरूमा सम्पूर्ण नेपाली सामाजिक, सामुदायिक संघसस्थाहरुसंग सहकार्य गर्दै अगाडी बढ्ने नै हाम्रो छलफल को निष्कर्ष रह्यो ।

आजको कार्यक्रममा प्रमुख अथितीको रूपमा उपस्थित नेपाली महावाणिज्यदूतावासका काबा महावाणिज्यदुत पुष्पराज भट्टराई , वरिष्ठ कानुन व्यवसायी तथा फिप्नाका कानुनी सल्लाहकार रमेश श्रेष्ठ, निवर्तमान अध्यक्ष ज्यु, संघिय परिषदका सभामुख ज्यु ,लगायत विभिन्न न्युयोर्कमा क्रियाशील सामाजिक संघ संगठनका अध्यक्ष ज्युहरू, प्रतिनिधी ज्युहरू, सलाहकार ज्युहरू, पूर्व पदाधिकारी ज्युहरू,पत्रकार ज्युहरू, बुद्दीजिवी , समाजसेवी, विभिन्न सामाजिक अभियन्ता ज्युहरू लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र स्वयंसेवक तथा व्यवस्थापनमा सहयोग गर्नुहुने सम्पूर्ण साथीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

अन्त्यमा नेपाल र नेपालीको सम्मृद्दी र विकासको लागी नेपाल सरकारले सुरूवात गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सबै प्रकारले सफल पार्नु हाम्रो कर्तव्य र जिम्मेवारी हो यस जिम्मेवारीलाई पुरा गर्दै विभिन्न कार्यक्रमहरु को आयोजना गर्ने प्रतिबद्धता का साथै सबै प्रती हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

 

अध्यक्ष
लोक चेम्जोङ

महासचिव
नरेन्द्र थापा

 

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ११ : १७ बजे