कोरोना कालमा फिप्नाले गरेको सहयोगको विवरण सार्वजनिक

July 18, 2020

न्युयोर्क । आदीवासी जनजाति महासंघ अमेरिका फिप्नाले न्युयोर्कमा गत मार्चदेखि जुन महिनासम्म कोरोना संक्रमणको केन्द्रविन्दु बनेको बेला गरेको सहयोगको विवरण सार्वजनिक गरेको छ ।

विभिन्न सामाजिक संस्थाहरुमार्फत न्युयोर्कका नेपाली समुदायलाई आवश्याक सामाग्री फिप्नाले वितरण गरेको थियो । फिप्नाले ति सामाग्रीहरु न्युयोर्कको विभिन्न २४ वटा क्रियाशील संघ संस्थाहरूमार्फत समुदायमा वितरण गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

फिप्नाले ति सस्थाहरुमार्फत टाईनल २६००, एननाइन्टि माक्स २६६५, सर्जिकल माक्स ८२५०, हेण्ड ग्लब्स १७६५०, हेण्ड सेनिटाईजर २३७, थर्ममिटर १५ वितरण गरेको विज्ञप्तिमार्फत जनाएको छ । ति सामाग्रीहरु १ हजार २ सय २१ परिवारको घरदैलोमा प्रत्यक्ष रुपमा पुर््याएको फिप्नाले जनाएको छ । ति अतिआवश्यक सामाग्रीहरु फिप्नालाई विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग गरेको पनि जनाइएको छ ।

फिप्नाका १७ वटा सदस्य संस्थाहरूबाट टाक्स फोर्स निर्माण गरी आफनो समुदाय र सदस्यहरूको घरदैलोमा आवश्यक स्वास्थ्य सामग्रीका साथै ग्रोसरीहरू समेत सहयोग गरिएको जनाएको छ । त्यस्तै नेपाली अन्तराष्ट्रिय विद्यार्थीहरूलाई समेत ग्रोसरी तथा नगद सहयोग गरेको फिप्नाले उल्लेख गरेको छ । ‘ नेपाली समुदायमा हाम्रो संस्थागत मानवीय सेवाको गतिविधिहरू देखेपछि हामीलाई विभिन्न पेशा व्यावसायीहरू, संघसंस्थाहरू देखि न्युयोर्कस्थित स्थानीय सरकारका विभिन्न कार्यलयहरूबाट समेत सहयोग प्राप्त भएको छ । हामीलाई सहयोग गर्ने सबै सहयोगी महानुभावहरू तथा संघसंस्थाहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं’ फिप्नाका अध्यक्ष लोक चेम्जोङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

फिप्नाले जारी गरेको विज्ञाप्ती

सम्बन्धित समाचार