फिप्नाको छैटौं अधिवेशन आइतबार, नयाँ नेतृत्व चयन हुने

December 16, 2017

न्युयोर्क । नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) को छैटौं अधिवेशन आउने आइतबार हुँदैछ । अधिवेशनले फिप्नाको नयाँ नेतृत्व चयन गर्नेछ ।

अधिवेशन क्वीन्सस्थित शेर्पा किदुगको हलमा हुने तय भएको छ । अधिवेशनमा अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष मणि बाङदेल राई र महासंघका पूर्व महासचिव मान रानामगरले उमेद्वारी दिने घोषणा गरेका छन् । राईले फिप्नामा ४ बर्ष वरिष्ठ उपाध्यक्षको रुपमा काम गरिसकेका छन भने रानामगरले फिप्नाको महासचिवको जिम्मेवारी सम्हालिसकेका छन् । रानामगर फिप्नाको सल्लाहकार समेत हुन् ।

फिप्नाको महासचिवमा प्रेम गुरुङ र बिनिता तामाङ भिड्दै छन् । गुरुङ फिप्नाको महासचिव भएर कम गरिसकेका हुन् भने तामाङ फिप्नाको कार्यकारी सदस्य हुन् । फिफनाको यसै कार्यकालमा महासचिव छदाँ अादिबासी जनजातिको मान्यताभन्दा बाहिर गएको भन्दै गुरुङलाई अध्यक्ष लुइसाङ वाइबाले कारबाही गरेका थिए । कारबाहीपछि उनले राजीनामा दिएका थिए ।

तामाङले फिप्नामा युवा र महिला सहभागितालाई जोड दिने बताएकी छन् भने प्रेम गुरुङले फिप्नालाई अझ बलियो बनाएर लैजाने बताएका छन् । संस्थामा भएका कमै कमजोरीलाई सुधार गरेर आफु अघि बढ्ने गुरुङको भनाइ छ । द गुरुङ तमु समाज इन्क अमेरिकाले गुरुङको उमेद्ववारीलाई अनुमोदन गर्दै महासचिवमा प्रस्ताव गरेको समाजका अध्यक्ष पदम बहादुर गुरुङले जानकारी दिए । तामाङलाई तामाङ सोसइटी अाफ अमेरिकाले अघि सारेको अध्यक्ष शान्त थोकरले जानकारी दिए।

यसैबीच फिप्नाले महाधिवेसनको निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै उमेद्वारी दर्ताका लागि शनिबार ५ बजे सम्मको समय तोकेको छ । उमेद्वारी दावी विरोध भएमा आइतबार १ बजे सम्म समय तोकेको छ । उमेदवारको अन्तिम नामावली दिउँसो २ बजे प्रकाशन गर्ने र ३ देखि ५ बजे सम्म मतदान हुने फिप्नाले जनाएको छ ।

प्रवासमा रहेर नेपालको आदिवासी जनजातिको आन्दोलनलाई नैतिक समर्थन गर्दै ऐक्यवद्दता जनाउन र प्रवासमा रहेका आदिवासी जनजातिलाई एकतावद्ध गर्ने उद्देश्यले सन २००५ मा फिप्नाको स्थापना भएको हो ।

यस्तो छ कार्यक्रम तालिका

सम्बन्धित समाचार