जेनेरेटर पड्किदाँ सुन्धाराको होटल सालिमारमा आगलागी

March 21, 2018

काठमाडौं । महानगरपालिका नजिकै रहेको  होटल सालिमारमा आगलागी भएको छ । बुधबार साझँ राजधानीको सुन्धारास्थित होटल सालिमारमा आगलागी भएको छ ।

अन्डरग्राउण्डमा रहेको जेनेरेटर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी पछि त्यहाँ फँसेका १८ जनाको उद्दार भैसकेको साथै मानवीय क्षतिको कुनै विवरण छैन । अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरबाट आएका वरुण यन्त्रसहित नेपाली सेना र प्रहरी टोली आगलागी नियन्त्रणको प्रयासमा रहेका छन् ।आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आइसकेको छैन ।

सम्बन्धित समाचार