देशभर बाढी र पहिरो, ४९ जनाको मृत्यु

August 12, 2017

काठमाडौं । गृह मन्त्रालयकाअनुसार अबिरल वर्षका कारण आएको बाढी पहिरोबाट ४९ जनाको मृत्यु भएको छ । १७ घाइते, ३६ जना वेपत्ता छन् ।

सुनसरीमा ८ र रौतहट ७, मकवानपुरमा ६, मोरङमा ६, सिन्धुलीमा ४ को मृत्यु भएको छ । त्यस्तै सुर्खेत, बाँके र झापामा ३/३ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैबीच, गृहमन्त्री जनार्दन शर्माले देशैभरि बाढी पहिरोका कारणले मृत्यु हुनेप्रति समवेदना व्यक्त गर्दै उद्धार कार्य तीव्र पार्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री शर्माले बाढी प्रभावित क्षेत्रमा लैजानका लागि विमानस्थलमा खाद्य तथा उद्धार सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिए । आफू बाढी प्रभावित जिल्लामा जान चाहेपनि मौसमका कारण जान नपाएको उनले बताए ।

गृहमन्त्री शर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका टोलीलाई तत्काल उद्धार कार्यमा परिचालित गर्न आफूले यसअघि नै निर्देशन दिइसकेको तथा नेपाली सेनासमेत सक्रिय रुपमा उद्धारमा जुटिरहेको जानकारी दिए ।

सम्बन्धित समाचार