७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ललितपुर फोनिजको अध्यक्षमा बुद्ध योञ्जन, ११ सदस्यीय कार्यसमिति चयन


२७ फाल्गुन २०७४, आइतबार  

0
Shares

ललितपुर। नेपाल आदिबासी जनजाति पत्रकार संघ जिल्ला शाखा ललितपुर (फोनिज)को अध्यक्षमा बुद्ध योञ्जन चयन भएका छन् । आइतबार लगनखेलस्थित ललितपुर मलमा आयोजित को चौथो अधिवेशनबाट योञ्जनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।

अधिवेशनबाट उपाध्यक्षमा लक्ष्मी रुम्बा, सचिवमा सञ्जय श्रेष्ठ, सहसचिवमा सम्झना महर्जन, कोषाध्यक्षमा सुनिता बटाजु, सदस्यहरु बिद्या लिम्बु, सुसिला थापामगर, सुरेस तामाङ, प्रकाश थिङ, सरस्वती योञ्जन र शुभप्रभात राईलगायत ११ जनाको कार्यसमिति चयन गरेको छ ।

फोनिजका केन्द्रीय महासचिव एवं निर्वाचन मन्डलका संयोजक गजुरधन राईले कार्यसमिति चयन भएको घोषणा गरेका थिए । समितिमा अनलाइन पत्रिकाका प्रधानसम्पादक सुविन महर्जन र काठमाडौं शाखाकी अध्यक्ष मीरा अमात्य थिए ।

फोनिजका केन्द्रीय अध्यक्ष डन्ड गुरुङको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा काठमाडौं शाखाकी अध्यक्ष मीरा अमात्य, ललितपुर फोनिजका संस्थापक अध्यक्ष प्रतीक तामाङ, ललितपुर फोनिजकै सहसचिव नातिकाजी महर्जनलगायतले सम्बोधन गरेका थिए ।

ललितपुर शाखाबाट निवर्तमान अध्यक्ष सञ्चकुमारी तामाङ, नेत्र तामाङ, नातिकाजी महर्जन र सुरज व्यन्जनकार केन्द्रीय पार्षदमा आएका छन् भने साहिला तामाङ, सजिना क्षेष्ठ र प्रेम स्याङ्तान प्रदेश पार्षदमा चयन भएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ८ : ३२ बजे