भारतीय सञ्चार माध्यमको नेपाल लक्षित सामग्रीमा फोनिजको आपत्ति

July 10, 2020

काठमाडौं, २६ असार नेपाल नेपालीको आत्मसम्मानमा आघात पुर्याउने अभिप्रायाले भारतीय सञ्चार माध्यमबाट भ्रामक सामग्रीप्रशारण हुदै आएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले भर्त्सना गरेको

पछिल्लो पटक भारतीय टेलिभिजन जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेरप्रशारण गरेको सामग्रीप्रति आपत्ति जनाउँदै फोनिले भर्त्सना गरेको हो

फोनिजका संगठन सचिव मिलन लिम्बूद्धारा जारी विज्ञप्तीमा भनिएको छःसार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको अस्तित्व आत्मसम्मानमा गम्भीर आघात पुर्याउने अभिप्रायले भारतीय सञ्चार माध्यमबाट भ्रामक सामग्री प्रसारण भएको हुँदै आएको ठहर गर्दैफोनिज यस्ता कार्यको भर्त्सना गर्दछ

नेपाललाई जोडेर भारतीय सञ्चारमाध्यमबाट हुँदै आएको गलत प्रचार निन्दनीय आपत्तिजनक रहेको भन्दै पछिल्लो पटक प्रधानमन्त्रीओली नेपालका लागि चिनियाँ राजदूतसँग सम्बन्धित आक्षेपपूर्ण समाचार प्रशारण हुनु त्यसैको निरन्तरता रहेको उक्त कार्य प्रेसकोविश्वव्यापी मान्यता विपरित रहेको फोनिजद्धारा जारी विज्ञप्तीमा उल्लेख

साथै, भारतीय सञ्चार माध्यमको यस्तो गतिविधिले दुई देशको सम्बन्धमा झनै संकट उत्पन्न हुने उल्लेख विज्ञप्तीमा भनिएको छःदुई देशबीच कूटनीतिक तहबाट समाधान खोजिनुपर्ने धेरै विषय छन् तर, भारतीय सञ्चारमाध्यमबाट हुँदै आएको यस्ता गतिविधिलेदुई देशको सम्बन्धमा सकारात्मक सञ्चार प्रवाह हुन सक्दैन ’  

भारतीय सञ्चार माध्यममो गतिविधि निन्दनीय रहेको भन्दै फोनिजले कूटनीतिक माध्यमबाट खण्डन गर्न नेपाल सरकारको ध्यानाकर्षणसमेत गराएको

सम्बन्धित समाचार