राष्ट्रिय कविता महोत्सवमा फूलमान बल प्रथम

June 24, 2018

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७५’ मा कवि तथा पत्रकार फूलमान बल प्रथम भएका छन् । काभ्रेका फूलमान आफ्नो कविता ‘इन्द्रेणीको गीत’मार्फत प्रथम भएका हुन् । महोत्सवमा प्राप्त भएका २२९ वटा कवितामध्ये कवि फूलमानको कविता उत्कृष्ट भएको हो ।

बलले राष्ट्रपतिको हातबाट स्वर्ण पदक र ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६१औं वार्षिकोत्सवका अवसरमा शनिबार कविता महोत्सव आयोजना गरिएको हो ।

हेमनाथ पौडेल, कृष्ण प्रधान, मञ्जु का“चुली, जगत उपाध्याय र गोपिन्द्र पौडेल निर्णायक रहेको समितिले प्रथम, द्वितीय र तृतीय कविताको चयन गरेको हो ।

धादिङकी सुनिता खनाल ‘श्यामश्वेत फोटो’मार्फत द्वितीय भइन् । उनले २५ हजार रुपैयाँ र रजत पदक प्राप्त गर्नेछिन् । यस्तै, ‘एउटा अर्को प्रयास’ कविताबाट रामेछापका कवि जीवन खत्री, ‘लाहुरेकी स्वास्नी’ कविताबाट तेह्रथुमकी कवि एलिना दुलाल र ‘बिराएछु बाटो’ कविताबाट मोरङकी कवि मेनुका चापागाईं तृतीय भएका छन् । यी तीनै जनाले जनही २० हजार रुपैयाँ र कांस्यपदक प्राप्त गर्नेछन् ।

 

सम्बन्धित समाचार