राणाको ‘दिल की आवाज’ सार्वजनिक: सम्पूर्ण गजल उत्कृष्ट – पूर्व प्रम चन्द

March 30, 2018

शुभप्रभात राई / काठमाडौं

चिकित्सा क्षेत्रमा लामो समय सक्रिय रहेका डा. कृष्णजंग राणाको गजलकार डा. राणाको १९औं कृति ‘दिल की आवाज’ (हिन्दी गजल संग्रह)को शुक्रबार विमोचन गरिएको छ ।

उर्दु एकेडेमी नेपालको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, विशेष अतिथि वरिष्ठ संस्कृतिविद चेतन कार्की, लेखक डा कृष्ण राणा त्रिवि हिन्दी विभाग प्रमुख डा सञ्जीता बर्मा, साहित्यकार गोपाल अस्क,  डा सनत कुमार वस्ती, ईम्तियाज वफा, मोबिन खान तथा शान्ति शर्मालगायतले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरे ।

८० वटा हिन्दी उर्दु गजल रहेको संग्रह शुक्रवार राजधानीको बागबजारस्थित होटल हार्दिक विमोचन गरिएको हो । राणाको एक हिन्दी कविता संग्रह ६ वटा नेपाली गजल संग्रह तथा ८ वटा हिन्दी उर्दू गजल संग्रह गरि १९ वटा पुस्तक प्रकाशन भएको छ ।

 

सबै गजल एकसेएक: पूर्व प्रम चन्द

पुस्तक विमोचन पछि संग्रहका गजल एकसेएक रहेको पूर्व प्रधानमन्त्री चन्दले प्रतिक्रिया दिए । गजल संग्रह ‘मानवतावादी र सबैको कल्याण होस भनि प्रस्तुत गरिएको  चन्दको भनाई थियो । पुस्तकको नाम झैं’गजलले पनि भावनात्मक रुपमा सान्दर्भिक रुपमा दिलको आवाज व्याक्त गरिएको चन्दले बताए ।

कार्यक्रममा लेखक राणा,  शान्ति शर्मा, मोबिन खान, ईम्तियाज वफा  गोपाल अस्क लगायतले गजल वाचन गरेका थिए ।

 

सम्बन्धित समाचार