गणेश लामालाई रिहा नगरे आन्दोलन गर्ने कांग्रेसको चेतावनी

March 16, 2018

काठमाडौं । नेपाली कांग्रेस काभ्रेले गत बुधबार गौशलाबाट हतियार सहित पक्राउ परेका कांग्रेस नेता गणेश लामालाई तत्काल रिहा गर्नुपर्ने माग राखेका छन् ।

शुक्रवार रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गरी लामाको तत्काल रिहाइ नभए आन्दोलनमा उत्रिने नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले चेतावनी दिए। आचार्यले भने, ‘सिसिटिभीको फुटेज, लामाको गतिविधि हेर्दा प्रहरीले सुनियोजित आक्रमण गरेको देखिन्छ।’

आचार्यले तत्काल रिहा नभए सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दिए ।

प्रहरीले लामालाई बुधवार राति एक थान पेस्तोल र ६ राउण्ड गोली सहित पक्राउ गरेको थियो । लामालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्ने बिहीवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

यस्तो छ विज्ञप्ति

 

 

सम्बन्धित समाचार