गीतकार गणेश पराजुली अमेरिकामा सम्मानित

June 2, 2017

जाङबु शेर्पा/क्यालिफोर्निया
‘दिन ढल्यो अधेरी रात’ गीत सुपरहिट भएपछि संगीतकार गणेश पराजुलीले सांगीतिक महफिलमा कहिल्यै पछाडी फर्कीनु परेको छैन । आफ्नै जीवनसंगीनि यशोधा पराजुलीको मखमली आवाजमा सजिएको दिन ढल्यो नै आजसम्म उनको सिग्नेचर व्राण्ड भएको छ । कारण, जहा गएपनि उनले यो गीत नगाइ सुखै पाउदैन । जसको कारण यस पटकको अमेरिका यात्रामा पनि उनको यो गीतको फर्माइस वढि नै रह्यो ।
हुने विरुवाको चिल्लो पात भने झै सानैदेखिनै आफ्ना औंलाहरुलाई हार्मोनियमको पर्दामा नचाउदै संगीतप्रति एकाग्र गणेश अन्तत देशकै चर्चीत संगीतकारको रुपमा दरिए । इलामको फिक्कलमा जन्मेका संगीतकार पराजुली भन्छन–‘सुरुका दिनमा संगीत सौख थियो, पछि यहि नै पेशा वन्यो ’। घरमा दुवै गाउने भएकोले पेशाको रुपमा अपनाउन सहज पनि भयो तर त्यसको निम्नि उनले निजामती सेवाको जागिर पनि चटक्कै माया मारि दिए ।
संगीतलाई तनाववाट मुत्त गराउने औषधीको रुपमा विश्लेषण गर्ने गणेशले पछिल्लो समय संगीतमा साधनाभन्दा वढि चर्चाको पछि दौडेकोमा भने चित्त दुखाए । भन्छन–नया देखि पुरानोसम्मले एउटै कलकारको दर्जा पाएपछि साधनाको रेटिङ घट्दै जान्छ । गणेशको सुझाव छ संगीत महासागरमा हाम्फालेपछि त्यो भित्र डुव्ने प्रयास गर्नुपर्छ ।
इलामहुदै राजधानी काठमाण्डुको संघर्षमा होमिएर पछिल्लो समय हङकङमा व्यवासाय गर्दे आएका गणेश यतीखेर भने अमेरिकाको सांगीतिक भ्रमणमा छन । विश्वको राजधानी न्यूयोर्क शहर देखि टेक्सास, भर्जिनिया गरि झण्डै आधा दर्जन राज्यमा उनले आफ्नो सांगीतिक प्रस्तुतीलाई पस्किसकेका छन । कुनै राज्यमा भने अझै पस्किन वाकि नै छ । सांगीतिक भ्रमणलाई उत्पादनमुलक वनाउन गणेश न्यूयोर्कमानै नया गीतिसंग्रहको तयारीमा पनि जुटेको छ । भन्छन्, ‘यस गीतिसंंग्रहमा यहिका स्रष्टाहरुको शव्द रहनेछ ।’ वहुसंस्कृती रहेको अमेरिकाजस्तो देशमा नेपालीपनलाई जोगाउने गीतिसंग्रहको तयारी गरेको उनले थपे । अर्कोतिर संगीतप्रतिको योगदान पनि हो । हालसम्म गाउको माया, सहयात्रा र फुर्सदमा गरी तीन गीतिसंग्रह सार्वजनिक गरिसकेका गणेशले अमेरिका भ्रमणका क्रममा टेक्सास नेपाली सोसाइटी तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्कबाट सम्मानसमेत ग्रहण गरिसकेका छन ।

सम्बन्धित समाचार