घेदुङले गर्‍यो नवनिर्वाचत प्रदेश तथा प्रतिनिधि सभाका तामाङ सांसदहरुलाई सम्मान

March 6, 2018

काठमाडौं । नेपाल तामाङ घेदुङले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचित तामाङ सांसदहरुलाई बधाई दिँदै सम्मान गरेको छ । सांसदहरुलाई घेदुङका अध्यक्ष मोहन गोले तामाङले तामाङ टोपी लगाएर सम्मान गरेको हो ।

घेदुङको ६२ औं स्थापना दिवसको अवसर पारी राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित सम्मान कार्यक्रममा घेदुङले  सांसदहरूलार्इ ध्यानाकर्षण पत्रसमेत बुझाएको छ।

२ पृष्ठे ध्यानाकर्षणमा पत्रमा प्रदेश ३ को नामाकरण, कामकाजी भाषाबारे उल्लेख गरिएको छ ।

 

सम्बन्धित समाचार