७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

न्युयोर्कमा ‘गिरिजाबाबु’ को सम्झना


१९ चैत्र २०७४, सोमबार  

0
Shares

सोमनाथ हुँमागाई/न्युयोर्क

मार्च २३ शुक्रवारका दिन नेपाली जनसम्पर्क समिति न्युयोर्क च्याप्टर अमेरिकाले जननायक गिरिजाप्रसाद कोइरालाको ८ औं पुण्य स्मृति दिवस एक स्मृति सभाको आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ ।

कांग्रेसकी केन्द्रीय सदस्य श्रीमती रत्न शेरचनको प्रमुख आथित्यमा ज्याक्सन हाईटको थकाली किचनमा आयोजित कार्यक्रममा न्युयोर्कका विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिहरूले देश र जनताका निमित्त गिरिजा प्रसाद कोइरालाले गरेको योगदानका बारेमा चर्चा गर्दै श्रद्धा सुमन अर्पण गरेका थिए ।

प्रमुख अथिति शेरचनले नेपालको इतिहासमा लोकतन्त्र प्राप्तिका निमित्त लामो संघर्ष गर्ने महान योद्धाको रूपमा गिरिजा प्रसाद कोईरालालाई लिनुपर्ने बताइन् । उनको कद नेपालमा मात्र होईन दक्षिण एसियामा नै उचो भएको बताउँदै शेरचनले कांग्रेसको मात्र नभई समग्र राष्ट्रको नेता भएको धारणा राखिन् ।

विशेष अथितिको रूपमा पूर्व केन्द्रीय सदस्य सुनील कुमार भण्डारीले अपोजिसनको कुरालाई, क्रिटिसाईजलाई सहज ढंगले सुन्नसक्ने तागत भएको लोकतान्त्रिक नेताको रूपमा आफुले गिरिजाप्रसादलाई चिनेको बताए । भण्डारीले आफू लामो समयसम्म गिरिजाप्रसादको निकट रहेर केन्द्रीय समितिमा बसेको हुनाले आफ्नो पुरै व्यक्तिगत जीवनमा गिरिजाप्रसादको प्रभाव परेको कुरा स्मरण गर्दै भावुक बनेर कोईरालालाई श्रद्धासुमन अर्पण गरेका थिए ।

अर्का बिशेष अथिति नेकाको आमन्त्रित केन्दीय सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले नेपालमा लोकतन्त्र जोखिममा रहेको बेला कोईरालाको निर्देशनमा आफूले अमेरिकाको बिभिन्न सम्बन्धित निकायहरूमा नेपालमा लोकतन्त्र प्राप्तिका निमित्त भएको आन्दोलनहरूको नेतृत्व गरेको बताए । कोईरालासँगको सम्वादले आफू अत्यन्तै प्रभावित बनेको कुरा स्मरण गर्दै विष्टले कार्यकर्तालाई अति नै माया र सम्मान दिने नेता रहेको बताए ।


कार्यक्रमका अर्का अथिति नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङले कोईराला सेल्फ मेड म्यान भएको उल्लेख गर्दै ४ वटा कुरामा कोईरालालाई देश र जनताले सधैं सम्झिरहने बताए । नेम्वाङले भने, ‘४ वटा कुरामा कोईरालालाई देश र जनताले सधैं सम्झिरहने छ । लोकतन्त्र प्राप्तिको निमित्त गरेको अनवरत संघर्ष र योगदान, लोकतन्त्रलाई केन्द्रमा राखी माओवादीको हिंसात्मक द्वन्द्वलाई शान्तिपूर्ण ढंगले समाधान गरेको, मुलुकबाट राजसंस्थाको अन्त्य गर्दै, सहमति र सहकार्यको राजनीतिको अध्याय सुरूगरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई लोकतान्त्रिक संविधान दिलाउनका निमित्त संविधान सभाको गराएको निर्वाचन र राज्यको नियन्त्रणबाट मुक्त पार्दै, उदार र प्रतिस्पर्धात्मक आर्थिकनीति मुलुकमा भिœयाउने नेतृत्वदायी भुमिका गरेको प्रति देश र नेपाली जनताले जननायक कोईरालाई सधै सम्झिरहने छ ।’

नेजस केन्द्रीय सदस्य प्रमानन्द खनाल, प्रवासी नेपाली मन्चका महासचिव राधाकृष्ण देउजा, संघीय मंन्च अमेरिकाका उपसभापति बिनोद पोमु, रिजउड नेपाली समाजका अध्यक्ष रवि किरण कोईराला, एनआरएन एनसिसिका सचिव होम गौतम, एनआरएन न्युयोर्क च्याप्टरका सभापति रामहरी अधिकारी, एनआरएन एनसिसिका सदस्य सञ्जय थापा, नेविसंघ अमेरिका शाखाका सभापति महेन्द्र शाह, स्पोर्ट एन्ड कल्चरका सचिव संजिव श्रेष्ठ, जनजाति संघका प्रेम गुरुङ, नेपाल अमेरिकन कलाकार संघका उपसभापति डिबी पुलामी, युक्रा न्युयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई, शिव बानियाँ, अर्जुन मैनाली, शारदा छेत्री, डम्बर जंग गुरुङलगायतले कोइरालाप्रति श्रद्धा सुमन व्यक्त गरे ।
नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाका सभापति रोशन ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको स्मृति सभा च्याप्टरका महासचिव महेश मल्लले सञ्चालन गरेका थिए भने च्याप्टरका उपसभापति अमर तामाङले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार  ९ : २५ बजे