न्युयोर्कको भिडमा तिहारको सम्झना

May 18, 2017

गीता खत्री

बडादशैंको लगतै नेपाली समाजलाई तिहारको रन्कोले छोपी हाल्छ । खेतीपातीको चटारोकैबीच नेपालीहरु आफुले मनाउदै आएको दोस्रो ठूलो चाडपर्वमा रमाउन सुरु गरिहाल्छन् । हामी जहाँ बसेपनि जहाँ रहेपनि आफ्ना चाडपर्वहरु, रितिरिवाज, धर्म, सँस्कृति समयले भ्याएसम्म मनाउने गर्दछौं । जीवन जहाँ बसेपनि जता रहेपनि जीवनै हो, रमाउनु पर्छ खुसी र सुखी हुनु पर्छ । आफ्नो कर्तव्यपथमा रहेर सामाजिक मान्यताहरुमा विश्वास गर्दै रमाउदै र खुसी हुँदै अगाडि बढीरहेको जीवननै सफल जीवन हो । मान्छेहरु जहाँजहाँ जान्छन् आफ्नो भाषा, धर्म, संस्कृति, रितिरिवाज, चाडपर्व आफुसंगै लिएर जान्छन् । जीवनमा यी कुराहरु छैनन् भने जीवन खल्लो र निरस बन्छ ।

भाषासाहित्य, कला र सँस्कृति हाम्रा पहिचानका कुरा हुन । यिनै कुराहरुले नै नेपाल र नेपालीको अस्तित्वलाई संधैभरि जोगाई राख्नेछ । नेपालीहरुको आफ्नै मौलिकता छ । आफ्नै सभ्यता छ । नेपाल सानै भएपनि बहुजाति, बहुभाषा र बहुसंस्कृतिको देश हो । हाम्रा थुप्रै चाडपर्वहरुमा तिहार पनि एक हो । तिहार अर्थात भाइटीका कार्तिक महिनामा पर्दछ । बिस्तारै जाडो शुरु हुन थाल्छ । खेतमा पँहेलपुर धानका बाला झुल्न थालेका हुन्छन्, मखमली, गोदावरी, सयपत्री फुलहरुले आफ्नो सुन्दरतालाई छरस्पष्ट पार्दै तछाडमछाड गर्दै फुलेर आफ्नो यौवनको मादकता छर्न थाल्छन् । साच्चै भन्ने हो भने प्रकृतिले मान्छेलाई साह्रै खुसी र आनन्द दिन्छ ।

तिहारलाई दिपावली पनि भन्ने चलन छ । यसलाई उज्यालोको पर्ब भनेपनि हुन्छ । पांँच दिनसम्म चल्ने यो पर्व आआप्mनो घरआंँगनमा रातभर उज्यालो पार्ने र झिलिमिलि पारेर मनाइन्छ । त्यसैले यसलाई उज्यालोको पर्व पनि (festival of lights) भनिन्छ । खासगरि भारतीय हिन्दुहरुले यसै दिनलाई दिवाली भन्छन् । सन् २००९ देखि अमेरिकी संस्कृतिमा दिवालीले पनि प्रवेश पाएको छ । राष्ट्रपति ओबामाले यसलाई औपचारिक मान्यता दिएर यो दिन सबै हिन्दुहरुमा शुभकामना दिने प्रचलन बसाएका छन् । भारतीय हिन्दुहरुले यस दिनलाई मिठाई वितरण गर्र्दै घरआंँगनमा बत्तीहरुले झकिझकाउ पार्ने चलनछ । दाजुभाइ र दिदीबहिनीहरुबीचको माया प्रेम र सद्भावलाई पनि दुबै ठाउंँका मानिसहरुले नवीकरण र अझै बलियो बनाउने विश्वास राखिन्छ ।

gitaयो पर्वलाई पहिले नेपालमा र अहिले नेपाली डायस्पोरामा धेरै नामले चिनिन्छ, जस्तै भाइटीका, तिहार, दिपावली, लक्ष्मीपुजा आदिआदि । जे जति नाम दिइए पनि यो पांँच दिनसम्म चल्ने हिन्दुहरुको दोस्रो ठृ्लो चाडपर्ब हो । पांँचै दिन बेग्लाबेग्लैे चरा, जनावार, देवता तथा मान्छेको पुजा आराधना गर्ने चलन छ । काग, कुकुर, गाई, लक्ष्मी र अन्तिम दिन भाइको पुजा गरिन्छ । यस प्रकारले सबैको पुजा आराधना गर्नु मानवजातिको सम्बन्ध ईश्वर लगायत पशुपन्छी चराचर जगतसंग पनि छ र यिनीहरुलाई पनि मान्छेले खुसी बनाई राख्नु पर्छ भन्ने एउटा संकेत पनि हो । मानब तथा यिनीहरmबीचको गाढा सम्बन्धले प्रकृतिको सन्तुलन मिल्नमा पनि सहयोग होला जस्तो मलाई लाग्छ ।

नेपालभित्र यो अवसरलाई रमाइलो र खुसीयालीपृ्र्ण बनाउनको लागि सबैजसोले आआफ्नो घरआँगनको सरसफाई गर्ने, श्रृगार गर्ने, रातभर बत्ति बालेर आफ्नो घरआंँगन धपक्क बलेजस्तो बनाउने चलनछ । मौसम राम्रो हुने भएकोले कति मान्छेहरु चँगा उडाइ मनोरन्जन गर्ने पनि गर्छन । त्यतीले मात्र नभएर तास जुवा पनि खुल्लमखुल्ला खेल्न र खेलाउन पाइने चलन छ । यो अवसरका लागि सरकारले अनुमति दिने गरेको छ ।
विदेशमा बस्नेहरुलाई त्यती लामो समय नमिल्ने भएकोले माथि उल्लेखित सबै गर्न मिल्दैन । कतिपय कुराहरु कानूनी रुपले गर्न पनि मिल्दैन । त्यसैले भाइटीकाको अन्तिम दिन दिदीबहिनीले दाजुभाइलाई निधारमा सप्तरंगी टीका लगाई उनिहरुको लामो आयुको कामना गर्ने गर्दछौं ।
पाँंच दिनसम्म चल्ने यो पर्व हरेक दिन बेग्लाबेग्लै चरा, जनाबर, मान्छे आदिको पुजा आराधना गरेर यो पर्व नेपालीहरुबीच परापृ्र्वकालदेखि चलिआएकोछ । पांँच दिनको पुजा निम्न प्रकारले गरिन्छ ः–
(क) तिहारको पहिलो दिन कागको पुजा गरिन्छ । पौराणिक हिन्दु कथा अनुसार कागलाई यमराजको दृ्तको रुपमा लिइन्छ । यस्लाई पुजा गर्नाले घरपरिबारमा अनिष्ट तथा दुुःख पीडा हुनबाट बचाउन सकिन्छ भन्ने प्रचलन छ । कागले सृ्चकको पनि काम गर्दछ भन्ने जनविश्वास छ । बिहानै आंँगनमा आएर काग करायो भने घरमा पाहुना आउने संकेत हो भनिन्छ । काग असाध्यै चलाख चरा हो भन्ने कुरालाई २००५ मा क्याम्ब्रीज विश्वविद्यालयको डाक्टर निक्की क्लेटनले कागमा पनि Theory of Mind हुने कुरा प्रमाणित गरेका छन् । हाम्रा पृृ्र्खाहरुले पनि यस्लाई चलाख चराको सम्मान स्वरुप पुजा गरेको हो भनेर समर्थन गर्दा पनि नराम्रो हुंदैन । त्यसैले बिहानै कागलाई मीठोमीठो खाना खुवाएर खुसी बनाइन्छ । विदेशमा बस्नेहरुले यो काम गर्न सक्दैनन् । ठूला ठूला सहरहरुमा कौवानै देखिन्नन, कता खोज्न जाने ।

(ख) दोस्रो दिन कुकुर तिहार हो । कुकुर मान्छेको सबैभन्दा नजिक र प्यारो जनावर हो । मान्छेसंग यस्को घनिष्ठ सम्बन्ध रहेको देखिन्छ । हामी बर्ष दिनमा एक दिन भए पनि यस्को पुजागरी मीठामीठा खानेकुरा खुवाउंँछौं । यो एउटा सरहना गर्न लायकको काम हो । नेपालभरिका सबै कुकुरले हरेक दिन पेटभरी खान पाउलान जस्तो लाग्दैन । बिकसित देशका कुकुर भएर जन्मनु र गरिब देशमा जन्मनुमा निकै फरक पर्ने रहेछ । अमेरिकाका धेरै जसो कुकुरहरु आफ्ना छोराछोरी भन्दा प्यारा हुन्छन्, संगै सुत्छन्, संगै खान्छन् । हाम्रा कुकुरहरुले त्यही सुविधा पाउन अझ धेरै युग कुर्नु पर्ला । तर जे होस हामीले धर्मकै आडमा भएपनि बर्ष दिनमा एक दिन कुकुरलाई माया गर्छौ, सम्मान गर्दछौं ।

(ग) तिहारको तेस्रो दिन गाई तिहार हो । हिन्दु धर्माबलम्बीहरुले गाईलाई लक्ष्मीको रुपमा लिने गरेको छ । गाईको पुजा गरेर मात्र अन्य कुराहरु गरिन्छ । आआफ्नो घरको सरसफाई गरी बेलुकी लक्ष्मीको पुजा आराधना गर्ने चलन छ । यो दिन बेलुकी बिशेष गरेर महिलाहरु घरघरमा भैलिनी गीत गाउंदैं सेल रोटी, पैसा माग्न जान्छन् र जुन घरबाट राम्रो आदर सत्कार र सेलरोटी, फलफुल र दक्षिणा पाइन्छ त्यसको लागि धनधान्य हुने, सुस्वास्थ रहने, परिबारको मिलन हुने आशीर्वाद दिएर जान्छन् । जुनघरमा केही पनि पाइन्न त्यसको लागि विभिन्न प्रकारका उपद्रव गरेर जाने चलन छ । विगत केही बर्षदेखि विदेशमा पनि साथीभाइ तथा मित्रहरु मिलेर भैलीनी खेल्न सुरु भएको छ । एक अर्काको घरमा गएर सेलरोटी मागेर खाने र उठेको रकम नेपालका लागि सहयोग स्वरुप पठाउने प्रथाको शुरुवात भएको छ ।

अमेरिकामा हाम्रो भाइटीकाकै ताका हलोवीन  Halloween भन्ने एउटा पर्ब मनाएको देखियो । यो संधै अक्टोबर महिनाको अन्तिम दिन पर्दछ । यो दिन खासगरी ट्रीट अर ट्रिक (treat -or-trick) भन्ने, भृ्त प्रेत, बोक्सी आदिहरुले लगाउने बेशभृ्षा लगाउने, फर्सीलाई प्वाल पारेर लालटिन बनाउने, साथीभाइहरुलाई छक्याउने, भृ्तप्रेतका कथाहरु भन्ने, भृ्तप्रेत पाईने वा देखिने भनिएका ठाउंँको भ्रमण गर्ने आदि क्रियाकलाप गरिने रहेछ । यसको उत्पतिको कुरा गर्दा १६ औं शताब्दीमा स्कटलैण्डबाट भएको रहेछ । आजभोलि आयरलैण्ड, स्कटलैण्ट, क्यानडा र अमेरिकामा मनाइने रहेछ । माथि उल्लेख गरे बमोजिमको पहिरनमा केटाकेटीहरु घरघरमा जान्छन् र trick-or-treat भन्दै घरदैलोको घण्टी बजाउँछन् । सानासाना केटाकेटीहरुलाई अबिभावक वा ठृ्ला दाजुदिदीहरुले आप्mनो साथमा लिएर जान्छन् । घरका मानिसहरुले ढोकाबाट चकलेट दिन्छन् । चकलेट नहुनेले पैसा नै दिए पनि हुन्छ । मलाई चाहिं यो देखेर झण्डै झण्डै हाम्रो देउसीभैली जस्तो लागिरहन्छ ।

न्यृ्योर्कमा स्थापना भएका संघसंस्थाहरुले पनि आआफ्नै प्रकारले तिहार मनाउने गर्दछन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको कार्यक्रम हरेक बर्ष आयोजना गर्दै आएको छ । त्यसै कार्यक्रममा भैलिनी गीत गाउने, टीका लगाउने, एकछिन देउसीभैली सम्बन्धी नाच गान गर्ने परम्परा विगत एक दशकदेखि गरिदैं आएको छ । न्यृ्योर्कको नेवा गुठीले पनि यसै बेला पारेर नयाँ बर्षको ‘भिन्तुना’ र तिहार कार्यक्रम गर्दै आएको छ ।

(घ) गोर्बधनपुजा तिहारको चौथो दिनमा पर्छ । प्राचिन कथा अनुसार पानीको लागि जनताहरुले देवताका राजा इन्द्रलाई आपृ्mसंग भएको सरसामाग्रीहरु सबै चढाउन तयार भइरहेको बेलामा कृष्णले, “यो ठीक होइन, मानवजातिले आआफ्नो कर्म गर्नु पर्छ, प्रकृतिको नियमका लागि प्रार्थना गर्ने होइन, यो त नियम अनुसार भईरहने क्रम हो,” भनेर रोकेछन् । इन्द्रलाई रिस उठेर ठृ्लो बर्षा गराएर मानव बस्ती नै नास गर्न खोजेछन् । कृष्णले गाईको गोबरको ठृ्लो थुप्रोलाई उचालेर ती सबैको रक्षा गरेछन् । त्यसैबेलादेखि कृष्णको सम्झनामा गोर्बधनको पुजा हुन थालेको रहेछ । हामी यसै कथालाई आधार बनाएर यो पर्वलाई निरन्तरता दिईरहेकाछौं ।

त्यसै दिन नेवार समुदायमा बेलुकी म्हःपुजा गर्ने चलन छ । म्हःपुजामा घरको मुख्य मान्छे आमा वा हजुरआमाले आफ्नो पुजा गरेर घरका अन्य सबै परिवारका सदस्यहरुको पुजा गर्ने चलन छ । म्हःपुजा भनेको आफ्नो पुजा आफैंले गर्ने भन्ने हो । आफ्नो शरीरको सुस्वास्थको कामना गर्दै बर्षको एकपटक आप्mनो हरेक अंँगहरुको पृ्जा आफैले गर्नु एउटा व्यवहारिक कुरा हो जस्तो मलाई पनि लाग्छ । यही गोबर्धन पुजाको दिन बेलुकी केटाहरुले देउसी खेल्ने चलन छ । भैलिनी र देउसीको तरिका सबै एउटै हो, भैलिनीमा केटीहरुले माग्ने, देउसीमा केटाहरुले माग्ने दिन हो ।

(ङ) भाइटीका तिहारको अन्तिम दिन हो । यो दिन दिदिबहिनीहरुले मण्डप बनाई दाजुभाइको दीर्घायुको कामना गर्दै सप्तरगीं टीका, मखमलीको माला लगाई दिन्छन् । यमराजबाट अाफ्नो भाइको अकाल मृत्युलाई समेत दिदीबहिनीहरुले रोक्न सक्छन् वा केही समय पर सार्न सक्छन भन्ने परम्परागत कथासंग सम्बन्धित छ । केराको पातमा अष्ट चिरन्जीबिहरुको नाम लेखी दाजुभाइको दीर्घायुको कामना गरिन्छ । अष्ट चिरन्जीबि भनेका कहिले नमर्ने हिन्दु पुराणमा उल्लेखित विशिष्ट व्यक्तित्वहरु हुन । अष्ट चिरन्जीवीहरुमा हनुमान, बलि, व्यास, मार्कण्डेय, परशुराम, अस्वस्थामा, कृपाचार्य र विभिषण पर्दछन् । कथाहरु जे जस्ता भएपनि टाढाभएका दिदीबहिनी र दाजुभाइबीचको सम्बन्धलाई नविकरण गर्ने काम यो दिनले गराउंँछ । विदेशमा बस्नेहरु अाफ्नै दाजुभाइ हुनेले अाफ्नै दिदीबहिनीको हातको र नहुनेले आफुलाई मन पर्ने दाजुभाइ दिदीबहिनी बनाएर टीका थाप्ने चलन छ । गतसाल मैले पनि धेरै कालपछि अाफ्नै दाजुलाई टीका लगाउने अवसर पाएको थिएँ ।

तिहार पर्वले मानवजाति तथा चराचुरुगीं, जनावर तथा प्रकृतिसंगको घनिष्ट सम्बन्धलाई अझ गहिरो र दरो गराउंदै अगाडि बढाउने काम गरेका छ जस्तो मलाई लागेको छ । तिहारमा बडादशैको जस्तो काटमारको व्यवस्था नगरिकनै सम्पन्न गरिन्छ । खासगरि यो पर्वले दाजुभाइ दिदीबहिनीहरुबीचको सम्बन्धलाई गाढा बनाउने काममा बलियो डोरीको काम गरेको छ । अन्तमा भाइटीका, दिपावली, तिहार २०७३ को हार्दिक शुभकामना सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुमा अपर्ण गर्न चाहन्छु ।

–खत्री अनेसास बोर्ड अफ ट्रस्टीकी सहअध्यक्ष तथा निवर्तमान अनेसास अध्यक्ष हुन् ।

gitakhatri@gmail.com

सम्बन्धित समाचार