गोपाल खड्का आयल निगमबाट निलम्बित

September 18, 2017

काठमाडाैं ।  नेपाल अायल निगमका महाप्रबन्धक गोपाल खड्कालाइ निलम्बन गरिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उनलाइ भ्रष्टचार गरेको पुष्टि गर्दै उनलाइ निलम्बन गरिएको हो ।

जग्गा खरिद् प्रकरणमा चरम अनिमियतता गरेका खड्कालाइ संसदीय समितिले बर्खास्त गर्न सिफारिस गरेको थियो । अापूर्ती मन्त्रीको प्रस्तावमा खड्कालार्इ पदच्यूत गरिएको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए।

बिहान ९ बजेबाट बसेको बैठक तीन घन्टा लामो समयसम्म चलेको थियो ।

उनलाइ कस्तो कारबाही हुन्छ भन्ने बारे भने मन्त्रिपरिषद्ले कुनै जानकारी दिएको छैन ।

सम्बन्धित समाचार