सम्झिए गोपाल योञ्जन, गुञ्जिए नाचघरमा

August 26, 2018

शुभप्रभात राई/काठमाडौं

सङ्गीतकार, रचनाकार तथा गायक गोपाल योञ्जनको ७५औं जन्म जयन्ती साङ्गीतिक कार्यक्रमका साथ सम्पन्न भएको छ।

आईतवार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सांस्कृतिक संस्थान र मधुरिमा नेपालको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, गायक रामेश श्रेष्ठ, वरिष्ठ गीतकार तथा समालोचक डा.कृष्णहरि बराल, गीतकार मणि थापा, अभिनेता तथा समोचक डा.रामप्रसाद ज्ञवाली, कवि स्नेह सायमि, गीतकार तथा सांकृतिक संस्थानका पूर्वमहा प्रबन्धक भुपाल राई, गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, साहित्यकार तथा गीतकार प्रदीप बोम्जम, योञ्जनपत्नी रिनक्षिन योञ्जन लगायतको उपस्थिति रहेको थियो।

जन्म जयन्तीको अवसरमा आयोजना भएको कार्यक्रममा योञ्जनको राष्ट्रिय गीतहरुप्रति समर्पीत भई अन्तरक्रिया साथै गीतहरु समेत प्रस्तुत भएको थियो।

कार्यक्रममा योञ्जन प्रति समर्पित गर्दै सात वटा राष्ट्रिय गीत र एउटा तामाङ सेलो प्रस्तुत भएको थियो। विसं २००० भदौ १० गते जन्मेका योञ्जनको मुत्यु २०५४ जेष्ठ ७ गते भएको थियो।

सम्बन्धित समाचार