आयश्रोत कम भएकालाई गोर्खा सेन्टरको अफर: सिफारिसमा नि: शुल्क तालिम

May 6, 2018

ललितपुर । ब्रिटिस आर्मी, सिंगापुर पुलिस, भारतीय सेना, नेपाल अार्मीमा भर्तीका लागि तालिम दिँदै आएको गोर्खा एक्सट्रिम फोर्स तालिम केन्द्रले कम  आयश्रोत भएकालाई सिफारिसका आधारमा सहुलियतमा तालिम दिने जनाएको छ ।

केन्द्रका प्रमुख राज राईकाअनुसार आयश्रोत कम भएको खुल्ने गरी गाउँपालिका तथा नगरपालिकाको सिफारिसपत्र भएमा केन्द्रले नि: शुल्क तालिमसमेत दिने जानकारी दिए ।

ललितपुरको जाउलाखेलमा रहेको केन्द्रमा द्वन्द्वकालमा बाअामा वेपत्ता भएकालाई पनि निशुल्क तालिम दिइने उल्लेख गरेको छ ।

 

 

 

 

 

सम्बन्धित समाचार