अनशन बसेका डा गोविन्द केसी पक्राउ

January 8, 2018

काठमाडौं: शिक्षण अस्पतालमा अनशन बसेका डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरीय प्रहरी परिसरबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो ।

डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

केसीलाई प्रहरी वृत्त सि‌ंहदरबारमा राखिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले जानकारी दिए ।

सम्बन्धित समाचार