गोविन्द गिरीको उपन्यास ‘लिभिङ टुगेदर’ सार्वजानिक

August 5, 2018

काठमाडौं। साहित्यकार गोविन्द गिरीको छैटौं उपन्यास बदलिदो शहरको कथा ‘लिभिङ टुगेदर’ सार्वजानिक भएको छ।

आईतवार राजधानीको कमलादीस्थित प्रज्ञाप्रतिष्ठान भवनमा गिरी प्रेरणाको छैटौं उपन्यास ‘लिभिङ टुगेदर’ नेकपाकी सांसद शान्ता चौधरी, कलाकार दीपाश्री निरौला, साहित्यकार ममिला पौडेल, लेखक गोविन्द गिरी र श्रीमती अन्जु गिरीले उक्त कृतिको बिमोचन गरेका थियो।

अमेरिकामा बसेर पनि नेपाललाई नजिक बाट नियालेर लेखिएको उपन्यास पक्कै पनि राम्रो हुने सांसद शान्ता चौधरीले प्रशंसा गरिन।

‘पाठकले सम्पूर्ण पुस्तकहरुबाट केही न केही ज्ञान पाउँछन्’, उनले थपिन् गरे के हुदैन, आटे के हुदैन ‘मलाई पहिला आफ्नो नाम मात्रै लेख्न पनि पाँच मिनेट लाग्थ्यो, तर मैले प्राय नयाँ कृतिहरु कुनै पनि नछुटाई पढ्ने बानीले कमलरीदेखि सभासदसम्म पुस्तक लेख्न सम्म सफल भए।’

कलाकार दीपाश्री निरौलाले बिदेशमा बसेर नेपालको बारेमा नपाली भाषामा लेख लेख्नुनै महानता हो, भन्दै उनको समुहले निर्देशन तथा निर्माण गर्दै आएका सफल नेपाली चलचित्र छक्का पञ्जा अर्को भाग बन्न सक्ने समेत घोषणा गरिन्।


१४ बर्ष देखी अमेरीका बस्दै आएका गिरी साहित्य क्षेत्रमा रुचि राख्न मनपराउछन्। उनका चार वटा कविता संग्रह, छ वटा कथा र पाँच वटा उपन्यास यो भन्दा अगाडि नै सार्वजानिक गरिसकेको छन्।

उपन्यास ‘लिभिङ टुगेदर’ बिएन पुस्तक संसारले प्रकाशन गरेको छ।

सम्बन्धित समाचार