प्रचण्ड स्वदेश फर्किए, अब मन्त्रिमण्डल विस्तार हुने

July 17, 2017

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको थाइल्याण्डमा उपचार गरी अाइतबार साँझ स्वदेश फर्किएका छन्।

 

पत्नी सीताको नियमित जाँचका लागि अध्यक्ष दाहाल गत बुधबार थाइल्याण्ड पुगेका थिए ।

लामो समयदेखि उच्च रक्तचापलगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परीक्षण गरी फर्केको प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

मन्त्रिमण्डल विस्तार हुने

माअोवादी अध्यक्ष प्रचण्ड फर्किएसँगै लामो समयदेखि रोकिएको मन्त्रिमण्डल विस्तार हुने छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यकाल सम्हालेको डेढ महिनासम्म पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । अाठ मन्त्रीबाहेक अन्य मन्त्रीहरू संविधान संशोधनपछि मात्र थपिने भनिएपनि संविधान संशोधन नहुने देखिएको छ ।

सम्बन्धित समाचार