बाढीपीडितलाई ‘प्रोजेक्ट ए’ को ५० हजार हेल्प नेपाललाई हस्तान्तरण

August 27, 2017

काठमाडौं । प्रोजेक्ट ए नामक संस्थाले बाढीपीडितका लागि ५० हजार रुपैयाँ हेल्प नेपाल नेटवर्कलाई हस्तान्तरण गरेको छ ।
शनिबार साँझ एक कार्यक्रममा प्रोजेक्ट ए का प्रमुख रोशेन्द्रध्वज खड्काले हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेत, सल्लाहकारहरु पूर्व अर्थमन्त्री शंकर कोइराला र विजयराज भण्डारीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

प्रोजेक्ट एले राजधानीमा आयोजित फुटसल प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण गर्ने क्रममा बाढी पीडितलाई सहयोग प्रदान गरेको हो । राहत रकम पीडितसामु पुग्ने विश्वासका साथ हेल्प नेपाललाई हस्तान्तरण गरिएको खड्काले बताए ।

हेल्प नेपालका सल्लाहकार पूर्वअर्थमन्त्री शंकर कोइरालाले आफ्नो संस्थालाई विश्वास गरी सहयोग हस्तान्तरण गरेकोमा खुसी व्यक्त गर्दै उक्त रकम सदुपयोग हुने वचन दिए । ‘जुन विश्वासकासाथ ५० हजार हेल्प नेपाललाई दिएको छ, निकै गर्व लागेको छ, पवित्र कामको लागि दिएको रकम पूर्ण रुपमा सदुपयोग हुनेछ,’ कोइरालाले भने ।

विपदमा हेल्प नेपालले विभिन्न स्थानमा सहयोग पु¥याउँदै आएको छ । बाढीपहिरो प्रकोपपछि हेल्प नेपालले झापा, सुनसरी, मोरङ, सप्तरी, रौतहट, बारा, नवलपरासी, बार्दियामा राहतका साथै स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

बाढी प्रभावित इलाकामा हेल्प नेपालको सहयोग

 

 

सम्बन्धित समाचार