Everest Times

दोर्जी लामासगको यात्रा अब सम्झना मात्र ।

nawang-nima

सन २००० को जुलाईमा फ्रान्सको माउन्ट ब्लाकको शिखरमा वायातिर ङवाङ ङिमा, वीचमा ल्हाक्पा र दायातिर स्व दोर्जी लामा  

सधै झै विहान नौ बजे काममा पुगेका थिए । अचानक युएस नेपाल क्लाइबर्स एसोसियसनको महासचिव ल्हाक्पानुर्बुले दोर्जी लामा शेर्पाको निधनको दुखद खबर सुनाएपछि म एकछिन अक्कमक्क भए । पत्याउनै सकेन एकछिन त । मनमा अर्के मान्छे पो होला भन्ठाने । त्यसपछि काम छोडेर नेपालमा फोन गर्न थाले । त्यो दुखद घटनाको खबर सुनेको वितिकै मेरो आखाबाट आसु निस्कियो । तत्कालै मेरो श्रीमतिलाई उनको घरमा भेटन पठाएर उनको परिवारलाई सानत्वना दिए । मनै निकै भारी भयो । हामी नेशनल माउन्टेन गाइडको साधारण सभाले  स्व लामालाई निर्विरोध अध्यक्षको रुपमा जिम्मेवारी दिएको हो । त्यसपछि गत वर्ष म पनि अमेरिका आए । लामो समय एकै फिल्डमा संगै काम गरेको मित्र एक वर्षपछि विछोड हुदा निकै दुखित भयो । उनले पर्वतारोहण क्षेत्रमा सस्थाको नेतृत्वमा हुदा मात्र होइन शुरुवातको दिनदेखिन अत्यन्तै धेरै योगदान पुर्‍याउदै आउनु भएको छ ।
पर्वतारोहणको सिलसिलामा हामी सन १९९७ मा भेट भएको थियो । दुबै एक दुई वर्षको फरकमा माउन्टेनियरिङको एडभान्स उच्च तालीम लियौ । दुबैको उद्धेस्य र भिजन पर्वतारोहण क्षेत्रको विकासमा आफुले सिकेको केही सीप र ज्ञान दिएर केही योगदान दिउ भन्ने थियो ।

nawang-with-dorji-lama

तस्विरमा बायातिर ङवाङङिमा बीचमा ल्हाक्पा  र दायातिर स्व दोर्जी लामा

त्यसैक्रममा २००१ मा हामी दुई र ल्हाक्पा तीन जना फ्रान्चस्थित स्योमोनीको माउन्टेनियरिङ स्कुलमा डिप्लोमा गर्न गए । त्यहा पाएको अनुभव लिएर हामीले नेपालमा नेपाल पर्वतारोहण संघ मार्फत हजारौलाई तालीम दिए । कैयो आरोही हिमालमा हराउदा र दुर्घटना भएको वेला उद्धार गर्ने काम गरियौ । हामीले यदि त्यो ज्ञान नलिएको भए त्यस्तो तालीम र उद्धार गर्न संभव थिएन ।
उच्च तालीम सकेपछि हामी जस्ता पर्वतारोहण प्रशिक्षकहरुको संख्या बडदै गएपछि हामी दुबैले त्यो सस्थाको नेतृत्व गरि धेरै तालीमहरु संगै दिए । त्यसै क्रममा हामीले अन्तराष्ट्रिय स्तरको गाइडको कोर्ष पनि गरे ।

हिमालमा माउन्टेन गाइड गर्नेहरुको उपाधी पाएकाहरुको जमात बडदै गएपछि हामीले माउन्टेन गाइड एसोसिन खोले । त्यही सस्थाले अहिले विश्वका आरोहीहरु माझ धेरै उल्लेखनीय कार्य गर्न सकेको छ । जुन इन्टरनेशल माउन्टेन गाइड फेडरेसनको मान्यता प्राप्त भयो । त्यतिखेर स्व दोर्जी लामालाई सस्थापक महासचिव र बरिष्ठ तथा अनुभवी आरोहीको नाताले स्व इमानसिंह गुरुङ अध्यक्ष बनेको थियो । त्यतिखेर मेरो भुमिका विदेशी आरोहीलाई सम्पर्क गर्ने प्रबत्तको जिम्मेवारी थियो । त्यही सस्था मार्फत विभिन्न तालीमहरु र उद्धार कार्यहरु गर्न पाए । जसले गर्दा पर्वतारोहण क्षेत्रमा ठुलो उपलब्धि भएको छ । कुशल आरोही स्व दोर्जीै लामा पर्वतारोहणको उत्कृष्ठ र मेहनेती गुरु हो । उनले अहिलेसम्म ८ पटक सगरमाथा आरोहण गर्नुको साथै युरोपको प्राय सवै हिमाल आरोहण गरिसकेका छन ।

dorji-sherpa

स्व दोर्जी लामा शेर्पा 

असाध्यै शान्त स्वाभावको उनी अहिलेसम्म कहिल्यै रिसाएको देखेको थिएन । काममा धेरै खटने उनले धेरैलाई तालीममा सहयोग गथ्र्यो । गत बसन्त ऋतुमा कोलोराडोमा केही महिना बसुन्जेल उहाको व्यस्तताको कारणले भेटन सकेन । तर फोनमा त सधै कुरा भइरहन्थ्यो । हामी फरक भुगोलमा भएपनि उनले बारम्बार नेपालबाट फोन गथ्र्यो । मैले पनि यहाबाट सम्पर्क गथ्र्यो एककिसिमले हामी परिवारको सदस्य जस्तो भइसकेको थियो । सम्पर्कमा दुखसुखको कुराहरु अनि सस्थाको भावी योजनाहरुको बारेमा सुनाउथ्यो । त्यही क्रममा उनले सन २०१७ मा नेपालमा विश्वभरिको माउन्टेन गाइडहरुको सम्मेलन गर्ने योजना बनाएको सुनाए । मलाई सार्‍है खुसी लाग्यो । त्यो योजनाको लागी म टाढा भएपनि केही सल्लाह र सहयोगहरु दिदै आए ।

यसै क्रममा यही अक्टुबरमा हामी काठमाडौमा भेटने सल्लाह भएको थियो । मैले बारम्बार उनलाई म काठमाडौमा आउदा ट्रेकिङ सिजननै भएपनि रुप्स्याक बोकेर हिडनु हुदैन है भनेका थिए । उनले पनि हासेर हस हुन्छ भनेको थियो तर उनीसग त्यो कुरा गरेको ठिक एक महिनापछि मनाङ तालीम सकेर लगतै मनासलु जानु अघि कुरा भएको थियो । त्यतिखेर अक्टुबरमा काठमाडौमा भेटने वाचा सहित उनलाई होसियार गर्नु है भनेको थिए । त्यहीनै हाम्रो अन्तिम कुराकानी भयो । हामी वीच उनले मलाई मात्र होइन पर्वतारोहण क्षेत्रलाइनै खल्लो बनाएर गयो । ४५ वर्षको उमेरमा  उहाले हामीलाई छोडेर गएपछि अबको मेरो नेपाल यात्रा भारी मन लिएर गदैछु । भगवानसग प्रार्थना गर्छु उहाको आत्माले सुख पाओस । उहाको परिवारलाई कहिल्यै दुख नहोस । उहा जस्तो नेपाललाई योगदान दिने व्यक्ति  प्रति सम्बन्धीत निकाय र नेपाल सरकारको ध्यान जाओस । लामो समय हिमालमा अरुलाई ज्ञान दिदै अरुलाई बचाउन संगै हिडेका स्व दोर्जी लामासगको ती यात्राहरु अब मेरो लागी सम्झना मात्र  भयो ।  ओम माने पद्यमे हुँ !!!

नेपाल माउन्टेनियरिङ इन्ट्रक्टर एसोसियसनका पुर्व अध्यक्ष ङवाङ ङिमा शेर्पाले आङछिरिङ शेर्पासंग गरेको कुराकानीमा आधारित ।

 

प्रतिकृया दिनुहोस्