Everest Times

सगरमाथा आरोहणको गर्ने भारतीय प्रहरी दम्पतिमाथि अनुसन्धान

भारतीय प्रहरीमा कार्यरत  ३० वर्षका दिनेश र उनकी पत्नी तारर्केश्वरी राठोरले सगरमाथाको सफल आरोहण गरेको दाबी गरेका थिए । मे २३ मा सगरमाथा अारोहण सफल भएको र भारतकै प्रथम दम्पतीको रुपमा आफूहरुले सगरमाथाको सफल आरोहण गरेको दाबी उनीहरूको थियो ।

 

तर, उनीहरूको दाबी झुटो भएको अाशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । जुलाई ५ मा पत्रकार सम्मेलन गरी उनीहरुले सगरमाथा अारोहण सफल भएको बताएका थिए । तर एक भारतीय पर्वतारोहीले सर्वोच्च शिखर आरोहणको क्रममा उनीहरुले आफ्नो फोटो चोरेको दाबी गर्दै पुने प्रहरीमा उजुरी दिएपछि निज दम्पतिमाथी छानबिन सुरु गरिएको हो ।
मकालु एड्भेन्चर कम्पनीबाट पर्वतारोहण गरेका उनीहरुसंग नेपाल पर्यटन बोर्डले दिने पर्वतारोही प्रमाणपत्र समेत रहेको बताईएको छ । भारतीय पर्वतारोहीले भने सगरमाथा माथि खिचेको भन्दै ती जोडीले अाफ्नो तस्वीर फोटोसप गरेर परिवर्तन गरेको पनि आरोप लगाएका छन् । उजुरी दिने अारोहीको नाम सार्वजनिक गरिएको छैन ।

प्रतिकृया दिनुहोस्