हिमालयन कम्युनिटिले मनायो बुद्ध जयन्ती

Everest News

May 18, 2017

एभरेष्टटाइम्स
न्युयोर्क- विश्व शान्तिको अग्रदुत गौतम बुद्धको २५६१ औ जन्म जयान्ती हिमालयन बुद्धिष्ठ कम्युनिटि अन्र्तगत मुस्ताङ किदुगको संयोजनमा न्युयोर्कमा विविध कार्यक्रमको साथ मनायो । गत मे १० तारिख परेको बुद्ध जयान्ती यस पटक मे को १३ तारिख रक्तादान गरि १४ तारिख विहानीपख धार्मिक पुजाप्रर्थनाको साथै दिउसो धार्मिक प्रवचन र निशुल्क स्वस्थ्य शिविर गरि मनायो । न्युर्योकको क्वीन्सस्थित शेर्पा किदुगको भवनमा आयोजित बुद्ध जयान्ती कार्यक्रममा बौद्ध धर्मका चार सम्प्रदायका प्रतिनिधिहरु लगायत स्थानीय संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेका थिए ।

 

अमेरिकामा लामो समयदेखिन विभिन्न हिमालयन बुद्धिष्ठ समुदायहरुको आ आफनै ढंगले विभिन्न स्थानमा बुद्ध जयान्ती मनाउदै आएपनि दुई वर्षअघिदेखिन सबै हिमालयन बुद्धिष्ठ समुदायहरुको प्रतिनिधित्वमुलक सस्था हिमालयन बुद्धिष्ठ कम्युनिटिले संयुक्त रुपमा पालैपालो संयोजन गदै मनाउदै आएको हो । दुई वर्ष अघि शुरुमा शेर्पा किदुगको संयोजन तथा हृयोल्मो सोसाइटीको सहसंयोजनमा आयोजना भएको बुद्ध जयान्ती गत वर्ष हृयोल्मो सोसाइटी अफ अमेरिकाको संयोजन तथा मुस्ताङ किदुग युएसएका सहसंयोजनमा भएको थियो ।

यस पटक मुस्ताङ किदुगको संयोजकत्व तथा ग्याल्सुम्दा सेवा समाज र मनाङको सहसंयोजनमा २५६१ औ बुद्ध जयान्ती भव्यताका साथ मनायो । बुद्ध जयान्तीको अवसरमा अधिकारको कार्यालयमा रक्तदान भएको थियो भने नेपाली नर्स एसोसियसनको सहयोगमा किदुगमा निशुल्क स्वस्थ्य शिविर सञ्चालन गरेका थिए । किदुगमा आइतबार सम्पन्न बुद्ध जयान्ती कार्यक्रमको संयोजक एवं मुस्ताङ किदुगका अध्यक्ष राजकुमार विष्ठले उपस्थित सवैलाई स्वागत गर्नुका साथै कार्यक्रममा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त अवसरमा शेर्पा किदुगका लामा टुल्कु, लोपेन गिर्मि छोढक, खेन्पो आचार्य ङवाङ सांगेले बुद्धको बारेमा प्रवचन दिएका थिए । त्यस्तै हिमालयन बुद्धिष्ठ कम्युनिटिका अध्यक्ष तेन्जि उक्याप, किदुगका अध्यक्ष उगेन शेर्पा,महासचिव तेन्डी शेर्पा र नेपाली महाबाणिज्यदुताबासका महाबाणिज्यदुत कृषु क्षेत्रीले मन्तव्य दिएका थिए । कार्यक्रममा यो वर्षको बुद्ध जयान्ती कार्यक्रमलाई सहयोग पुर्‍याउनेहरुलाई पनि आयोजकले सम्मान गरेका थिए । ‘ यस पटक सप्ताहव्यापी बुद्ध जयान्ती मनाउने क्रममा मे १३ र १४ तारिख किदुगमा कार्यक्रम गरे लगतै आगामी मे २१ तारिख हुन लागेकेा नेपाल डे परेड पनि बुद्ध जयान्तीकै उपलक्ष्यमा गर्न लागेको हो ‘ संयोजक राजकुमार विष्ठले बताए ।

सम्बन्धित समाचार