इन्द्रावती गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

June 24, 2018

फूलमान तामाङ/इन्द्रावती

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले तेस्रो गाउँ सभा एवं आर्थिक वर्ष २०७५/७६ को लागि योजना तथा कार्यक्रम छलफल गरेको छ।

गाउँपालिकाको कार्यालय नवलपुरमा गरिएको छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले जनतामै समर्पित भएर काम गर्ने र इन्द्रावती गाउँपालिकालाई समृद्ध बनाउने बताए ।

इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०७४/ ७५ मा ४२ करोड २८ लाख २५ हजार बजेट बिनियोजन गरेको र बिनियोजित बजेट मध्य शिक्षा तर्फ ११ करोड १५ लाख कृषि तथा पशुतर्फ २१ लाख स्वास्थ्यतर्फ २ करोड बजेट खर्च भएको प्रतिबेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदन गाउँपालिकाकी उपाध्यक्ष मीरा लामा अधिकारीले प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा १२ वडाका वडाध्यक्ष, वडा सदस्यहरु, गाउँपालिकाका कार्यपालिकाका सदस्यहरु, गाउँपालिकाका कार्यकारी अधिकृतको उपस्थिति थियो।

त्यसैगरी कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लामाले ७४/७५ मा संचालित नीति तथा कार्यक्रमको समिक्षा प्रस्तुत गरिन्। समीक्षा प्रस्तुत गर्दै उपाध्यक्ष लामाले २ वर्षको अनुभवले आगामी वर्ष अझै राम्रोसँग काम गर्ने वातावरण बन्दै गएको बताइन्।

आर्थिक वर्ष ७५/७६ को नीति तथा कार्यक्रम भने गाउँपालिका अध्यक्ष तामाङले प्रस्तुत गरे।

यस्तो छ आर्थिक वर्ष ७५/७६ को लागि इन्द्रावती गाउँपालिका ले तयार पारेको नीति तथा कार्यक्रमहरु

कृषितर्फ जल जमिन जङ्गल जडिबुटी र जलाधार स्थानीय जनताको समृद्धिको आधार भन्ने मुल नारा का साथ प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रममा अन्तरगत हाल वडा न १,,,,,१० र १२ मा संचालित विशेष पकेट कार्यक्रम लाई यस आर्थिक वर्षभित्र हरक वडामा एक विशेष पकेट क्षेत्र कार्यक्रममा बिस्तार गरी कृषिमा उद्यमशिलताको बिकास गरिने छ। साथै एक वडा एक हाट बजार कार्यक्रम प्राथमिकता दिइने छ। र गाउँपालिका कृषि कोष स्थापन गरी कृषि क्षेत्रको प्रवर्द्धन र किसान हरुलाइ कृषि क्षेत्रमा आत्मा निर्भर हुना प्रोत्साहन गरिने छ।

पशु विकास तर्फ ब्याबसायिक कुखुरापालन बाख्रापालन अन्तर्गत रु ५ लाख सम्मको परियोजना लाई ३० प्रतिशत अनुदान को ब्यबस्था गरिने छ ।साथै वर्ष को २ पटक प्रत्येक वडा घुम्ती पशु स्वास्थ शिविर सन्चालन गरिने छ।

पर्यटन तर्फ: गाउँपालिका को २ स्थान मा आधुनिक रंगशाला र कबहड हल निर्माण गरि खेलकुद पर्यटन लाई आर्षक गन्तब्यको थलो बनाइने छ। होम स्टे भिउ टावर र पराग्लाइडिङ को संभावना अध्ययन गर्ने छ। गुफा डाडा नौलिङगेश्वारी महादेव मन्दिरलाई धार्मिक र प्राकृतिक पर्यटकिय अकार्षण केन्द्र बनाइने छ।

 उद्योग ब्यबासय अन्तर्गत ब्यवसाय गर्न चहाने ब्यवसाय लाई तान किन्न ५० प्रतिशत अनुदान दिइने छ। महिला लाई सिपमुलक उद्योग हरुमा आकर्षण बढाउन विभिन्न किसिमको घरेलु उद्योग हरु सन्चालनमा ल्याइने छ हस्तकाल, काष्ठकला, ललितकला जस्ता उद्योम हरुमा युवा लाई आकर्षण गराइनेछ।गाउँपालिका भित्र ढाका कपडा गलैचा बुनाइ तालिम लिएका प्रशिक्षार्थी लाई स्वरोजगारको प्रबन्ध मिलाइनेछ।।

सहकारी तथा भुमी ब्यबस्थापन तर्फ मालपोत र भुमी खण्डिकरण लाई ब्यबस्थित गर्दै मालपोत लगतलाइ कम्पुयटरकृत गरिने छ।भु उपयोग तथा योजना लाई कडाइ कासाथ लागू गर्दै जमिनको क्षयिकरण र खण्डीकरण लाई निरुत्साहित गर्दै लगिने छ।

 सामाजिक बिकास तर्फ : शिक्षा ( आर्थिक रुपमाअति बिपन्न परिवार का विद्यार्थी लाई विषेश छात्रवृत्ति को ब्यबस्था गरि सिक्षामा समान पहुच को ब्यबस्था मिलाइनेछ।कक्षा १२ को परिक्षा दिई बसेका छात्र छत्रलाइ स्थानीय तहको कार्यलय हरुमा इन्टर्नसिपको ब्यब्स्था गरिनेछ।हरेक माबी विद्यालयमा ईन्टरनेट को सुविधा सहितको सूचना तथा संचार प्रविधी प्रयोगशालाको ब्यबस्था गरिने भएको छ।

 स्वास्थ्य(जनताको स्वास्थ्य उपचार लाई सरकार को उच्च प्राथमिकता मा राखिनेछ।गाउँपालिका को केन्द्र रहेको नवलपुर  प्राथमिक स्वास्थ्यचौकी लाई १५ शयै को स्वास्थ्य केन्द्रमा परिणत गरि X-rey सेवा लाई गाउँ मै स्थपित अनुसार को अबश्यक ब्यबस्थ मिलाइने छ।स्वास्थ्य इकाइ नभएका बाकी वडामा स्वास्थ्य इकाई को बिशेश पहल गरिने छ।

खानेपानी (एक घर एक धाराको अनुरुप भिरखर्क को पानी ल्याइ खानेपानी को समस्या भएका ठाउँ हरुमा नागरिक हरुका लागि खानेपानी को ब्यबस्था मिलाइने छ।

कला साहित्य र साँस्कृती पर्यटन तर्फ गाइजात्रा, पुर्णि ,माघेसङक्रान्ती लोसार जस्ता सास्कृतिक पराम्परा लाई प्रवर्द्धन गरिने छ।

बिकासको पुर्वधार तर्फ सडक ,खानेपानी ,बिजुलि सिचाइ लाई बिस्तृतिकरण गर्दै लगिने छ।

चक्रपथ निमार्ण लाई निरन्तरता दिइ सबै वडाहरुमा सडक सन्जाल जोडिनेछ।गाउँपालिका भित्र रहेको २९२ किमि सडकलाइ स्तरोन्नति र कालोपत्रे गर्दै लगिनेछ। अवश्यकता अनुसार झुलुङ्गे पुल निर्माण गारिने र यस भोटसिपा सिपाखोला झोलुङ्गे पुल निमार्ण कार्य सम्पन्न गरिने छ। आगामी वर्ष सबै वडा र विद्यालयहरुमा सौर्य बत्ति जडान गरिने छ। सन्चार क्षेत्र सङ साझेदारी गरि रेडियो तथा टेलिभिजन मार्फत गाउँपालिका बाट गरिने विकास निर्माण को काम लाई साप्ताहिक र मासिक रुपमा प्रचारप्रसार गरिने छ।गाउँपालिका को क्षेत्र भित्र पत्राकारिता क्षेत्रमा स्नातकोत्तर गरेका युवा लाई युवा पत्रकार को सम्मान गरिने छ।

बन बतरण तथा ब्यबस्थापन तर्फ: 

डम्पिङ साइडको व्यबस्था गरिने छ।

सुशासन र सस्थागत विकास तर्फ

स्थानीय कर प्रणाली लाई सरलीकरण र प्रभाबकारी बनाइने छ। डिजिटल प्रविधी बटा तथ्यांक सङकलन गरि ग्रामीण पार्श्वचित्रलाइ अध्यबाधिक गर्दै लगिने छ।गाउँपालिका क्षेत्रभित्र राजस्व को क्षेत्र पहिचान गरि नागरिक लाई करको दयाराम ल्याइने छ।

सम्बन्धित समाचार