७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

इन्द्रावतीमा दशैंतिहारको शुभकामना आदानप्रदान


२६ आश्विन २०७५, शुक्रबार  

0
Shares

नवलपुर : दशैंतिहारको अवसर परी सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिकाले शुक्रवार आफ्नै कार्यलय नवलपुरमा शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्‍यो ।

गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विकास लामा प्रमुख अथितिका रुपमा उपस्थित थिए ।

कार्यक्रममा सभापति लामाले सबै चाडलाई सम्मान गर्दै शान्तिपूर्ण वातावरणमा दशैं मनाउन आग्रह गर्दै सबैलाई शुभकामना व्यक्त गरे। कार्यक्रममा गाउँपालिका अध्यक्ष तामाङले राज्यको नीतिनियम बिना स्थानीय तहले कानुन आफैले निर्माण गर्नु पर्दा नीतिगत कार्यमा जनप्रतिनिधिलाई असहज भएको बताउँदै जिल्लाको १२ वटा स्थानीय तहमा विषयगत कार्यालय सन्चालनमा समस्या आएको बताए।

कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र २ का प्रदेश क का प्रत्यासी उम्मेदवार विकास तामाङ र नेकपा का जिल्ला सदस्य नुनबहादुर सापकोटा (मनोज)लगायत उपस्थित भएका थिए । १२ वडाका वडाध्यक्ष, वडासदस्य, गाउँपालिका कार्यपालिका सदस्यहरु, गाउँपालिकाका कर्मचारी र गाउँपालिका राजनीतिक दलका प्रतिनिधि एवम् गाउँपालिकाभित्र शिक्षण पेशा आबद्ध रहेका कर्मचारी कार्यक्रममा उपस्थित थिए।

कार्यक्रममा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद रोकाले शुभकामना मन्तब्य राखेका थिए।

प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार  ९ : ०७ बजे