इन्द्रावती गाउँपालिकाले विद्यार्थीलाई दुई महिना फुटबल प्रशिक्षण दिँदै

December 5, 2018

सिन्धुपाल्चोक: जिल्लाको इन्द्रावती गाउँपालिकामा दुई महिने फुटबल प्रशिक्षण हुने भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा फुटबल प्रशिक्षण हुन लागेको हो । पुस र माघ महिनामा दुई स्थानमा कार्यक्रम सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले जानकारी दिए ।

प्रशिक्षणमा गाउँपालिका सामुदायिक विद्यालयमा अध्ययनरत मावि स्तरका १२ देखि १५ वर्ष सम्मका किशोरकिशोरी सहभागी हुनेछन् ।

एन्फाले गाउँगाउँमा लुकेका प्रतिभालाई खोजी गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

सम्बन्धित समाचार