ईन्द्रावतीमा आज ल्होछार कन्सर्ट, तीर्थ लामाले उद्घाटन गर्ने

February 5, 2018

नवलपुर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित नवलपुरमा आज ल्होछार कन्सर्ट हुँदैछ । कन्सर्टको उद्घाटन पूर्व सभासद तीर्थ लामाले गर्ने भएका छन् ।

कार्यक्रममा रोज मोक्तान, शशिकला मोक्तान, विशाल कल्तान, निर्मला घिसिङ, जितु लोप्चान, अासमान लोप्चन, प्रयास दोङलगायतको प्रस्तुति रहनेछ ।

बिहान ११ बजेबाट कार्यक्रम सुरु हुने आयोजक क्लब नवलपुर युनाइटेडका अध्यक्ष चीन लामाले जानकारी दिए ।

सम्बन्धित समाचार