एप्पल मोहः आइफोन एक्स किन्न घोडा चढी बाजागाजासहित पुगे एक युवा

November 4, 2017

नयाँ दिल्ली । भारतका एक युवा एप्पलको पछिल्लो उत्पादन आइफोन एक्स किन्न बाजागाजासहित घोडा चढेर पुगे । भारतमा हिजो शुक्रबार मात्र यसको बिक्री सुरु गरिएको थियो । बिक्री खुला गरिनसाथ ती युवा बाजागाजासहित फोन किन्न पसल पुगेका हुन् ।
उनले आफ्नो जुलुसमा आइ लभ आइफोन एक्स लेखेको ब्यानरसमेत बोकेका थिए । ती युवा आइफोनका क्रेजी भएको र पहिलो खरिदकर्ता उनी नै भएको दिल्लीस्थित आइफोन रिटेलरले जानकारी दिएको समाचारहरुमा जनाइएको छ । भारतमा आइफो एक्सको मुल्य ८९ हजार देखि एकलाख २ हजार भारु तोकिएको छ ।-टाइम्स अफ इन्डिया

सम्बन्धित समाचार