इरानको संसद भवनमा गोली चल्यो, एकको ज्यान गयो, अाक्रमणकारी एके-47 सहित

June 7, 2017

एजेन्सी । इरानको संसद भवनमा एके ४७ हतियारसहितका अाक्रमणकारीहरूले अाक्रमण गरेका छन् । संसद भवनको सुरक्षाकर्मीलाइ गोली चलाएर अाक्रमणकारी संसद भवनमा प्रवेश गरेको बताइएको छ ।

उक्त अाक्रमणमा परी संसद भवनका एक सुरक्षाकर्मीको ज्यान गएको अलजजिरा अनलाइनले जनाएको छ ।

तेहरणमा रहेको संसद भवनमा अाक्रमणमा परी कम्तीमा ८ जना घाइते भएको प्रारम्भिक अनुमान छ । उक्त अाक्रमणमा चार अातंककारी संलग्न रहेको इरानी अधिकारीहरूले जनाएका छन् ।

अहिले संसद भवनमा सेनाले घेरा हालेको छ भने अातंककारीको अवस्था अज्ञात रहेको बताइएको छ ।

सम्बन्धित समाचार