चित्रबहादुर केसीले भने-हामी कांग्रेससँग तालमेल गर्छाैं

October 4, 2017

काठमाडौं । नेकपा एमाले, माअोवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल हुने भएपछि यसले राष्ट्रिय बहस सिर्जना गरेको छ । यसैबारे  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अाफ्नो धारणा सार्वजनिक गरेका छन् ।

 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले अाफ्नो पार्टीले नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने धारणा सार्वजनिक गरेका हुन् । उनले भने,‘स्थानीय तहको निर्वाचनमा पनि हामीले धेरै ठाउँमा कांग्रेससँग तालमेल गरेका थियौं, फेरि पनि गर्छौं।’

अध्यक्ष केसीले तीन पार्टीवीच भएको एकत प्रयासलाई आफूले आश्चर्यको रुपमा नलिएको बताए । उनले भने,‘तीन पार्टीवीच एकता प्रयास हुँदैमा किन यस्तो खैलाबैला र रुवानी छ।’ संसदमा सँगै हिँडिरहेका दलहरुले चुनावी एकता गर्नु नौलो कुरा नभएको उनको टिप्पणी थियो ।

 

सम्बन्धित समाचार