झापामा ६९९ जनप्रतिनिधिका लागि तीन हजार ३४० को उमेदवारी

June 23, 2017

भद्रपुर । दोस्रोचरणको स्थानीय तहको निर्वाचनमा सात गाउँपालिका र आठ नगरपालिका रहेको झापामा कुल ६९९ जना जनप्रतिनिधिका लागि नगरपालिका र गाउँपालिका गरी जम्मा तीन हजार ३४० उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

जिल्लामा कुल पाँच लाख १० हजार २१६ मतदातामा पुरुष दुई लाख ५३ हजार ४१५ र महिला दुई लाख ५६ हजार ७९८ जना छन् ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख गोपाल आचार्यका अनुसार निर्वाचनका लागि झापामा ३८३ मतदानस्थल र ६३७ मतदान केन्द्र तोकिएकामा ४८ वटा अतिसंवेदनशील र ४६ वटालाई संवेदनशील मतदान केन्द्रको रूपमा पहिचान गरिएको छ ।

सम्बन्धित समाचार