जिग्मे छ्योकीको नयाँ ल्होछार गीत ‘डम्फु र टुङ्नामा अम्मैले’ सार्वजनिक [भिडियो]

December 20, 2019

काठमाडौं । गायिका जिग्मे छ्योकी तामाङको नयाँ गीत हालै युट्युबबाट सार्वजनिक भएको छ । आफ्नो १३ औं जन्मदिनको अवसर पारी जिग्मेले ल्होछार गीत आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरेको हुन् ।

यस सेलो गीत कुमार स्याङ्बोको शब्दमा रहेको छ भने वरिष्ठ संगीतकार चन्द्रकुमार दोङको संगीत रहेको छ । जिग्मे दर्पण राईको तिमले बाटो फेर्‍यौ अरे बोलको गीत किड भर्सनमा गएर चर्चामा आएकी थिइन् । यसो त यसअघि उनले तामाङ तथा सेलो गीतहरु गाएर युट्युबमा छाएकी थिइन् । सानैदेखि संगीतमा रुचि राखेकी जिग्मे आगामी दिनमा अझै सशक्त रुपमा आउने बताउँछिन् ।

सम्बन्धित समाचार