चर्चित बाँसुरी बाधक रामबहादुर जिम्बाको निधन

June 12, 2017

चर्चित बाँसुरी बाधक रामबहादुर जिम्बाको निधन भएको छ । रेडियो नेपालमा बिगत लामो समयदेखी कार्यरत जिम्बाको सोमबार बिहान हृदयघातका कारण निधन भएको परिवारले जनाएका छन् । ५० वर्षिय जिम्बाको केएम.सि अस्पताल सिनामंगलमा उपचारका क्रममा बिहान ४ बजे निधन भएको हो । उनको पार्थिव शरिर अाजै स्वयम्भुमा बौद्ध पम्परा अनुसार अन्त्यष्टि गरियो ।

दिउँसो श्रृदान्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएको थियो ।  बागमती नगरपालिका–५ सर्लाहीमा घर भइ काठमाडौंको माइतीघरमा बस्दै  अाएका जिम्बा रेडियो नेपालको संगित शाखामा संगित संयोजकको रुपमा कार्यरत थिए ।

सम्बन्धित समाचार