६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

जिम्बाब्वेमा सैनिक कू: मुगावे युगको अन्त्य


१६ मंसिर २०७४, शनिबार  

0
Shares

बीके नेवा

अफ्रिकी मुलुक जिम्बाब्वे संवैधानिक सङ्कटमा परेको छ । सत्ता सङ्घर्ष देखाएर सेनाले सत्ताहातमा लिएपछि मुलुकमाथि संवैधानिक सङ्कट आइलागेको हो । ३७ वर्षदेखि सत्ता चलाउँदै आएका ९३ वर्षीय राष्ट्रपति रोबोट मुगावेले आफूभन्दा ४० वर्ष कान्छी पत्नी ग्रेस मुगावेलाई उत्तराधिकारी बनाउन उपराष्ट्रपति एमरसन मनाङग्याग्वालाई बर्खास्त गरेपछि पछिल्लो विवादले उग्र रुप लियो । यो प्रकरणले सत्तारुढ दल जानु पीएफ नै विभाजित हुने अवस्थामा पुगेको छ भने राष्ट्रपति मुगावेको राजनीतिक भविष्य पनि धरापमा परेको छ । सेनाले यो विवादले मुलुक आर्थिक तथा राजनीतिक रुपमा गम्भीर संकटमा परेकाले निकासका लागि सत्ता हातमा लिनु परेको बताएको छ । राष्ट्रपतिका निकट अपराधीहरुले मुलुकलाई सङ्कटमा पारेको र ती अपराधीहरुलाई कारबाहीगर्ने मुलुकभर नियन्त्रण कायम गरिएको दावी सेनाको छ ।

लेखक

सेनाले(नोभेम्बर १५मा) ‘कु’ गरी राष्ट्रपति मुगावेलाई उहाँको निवासमै नजरबन्द गरेको छ । उहाँलाई पद छाड्न व्यापक दबाब परे पनि तत्काल राजीनामा दिनमान्न ुभएन । उहाँले तत्काल राजीनामानदिने अडान लिएपछि उहाँका विरुद्ध हजारौँ मानिस सडकमा उत्रे । उहाँविरुद्ध संसद्ले महाभियोग लगाउने तयारी ग¥यो अनि बल्ल मुगावेले राजीनामा दिनुभयो । उहाँले राजीनामा दिएसँगै ३७ वर्षे मुगावे युग अन्त्य भएको भन्दै लाखौँ मानिसले जुलुस प्रदर्शन गरेका छन् । जुलुुुुसका सहभागीहरुले मुगावे युग अन्त्य भएको भन्दै खुसियालीसमेत मनाएका छन् । सेनाले सत्ता हातमा लिएकोमा उनीहरु दुःखी देखिएनन् ।

सैनिक ‘कु’को यो घटनालाई दक्षिण अफ्रिकी विकास समुदाय, अफ्रिकी सङ्घ, छिमेकी दक्षिण अफ्रिका र ठूलो लगानीकर्ता चीनले गम्भीरतापूर्वक लिँदै संवैधानिक रुपबाटै समस्याको राजनीतिक निकास खोज्न आग्रह गरेका छन् । प्रमुख विपक्षी दल मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज(एमडीसी)का नेता मोर्गान चाङ्गिराईले अब सङ्क्रमणकालीन सरकार बनाएर चुनाव गराउनुपर्नेमा जोड दिनुभएको छ ।

सेनाले सत्ता हातमा लिएपछि जनस्तरबाट विरोध भएन । मुगावेको समर्थनमा कतै जुलुस प्रदर्शन भएन विरोधमामात्र जुलुुुस प्रदर्शन भए । मुलुकमा जनताले सैनिक सत्ता स्वीकार्ने अवस्था आउनु भनेको लोकतन्त्रका लागि विडम्बना हो । मुगावेको ३७ वर्षे शासनको विकल्प अब सैनिक शासन हुने हो कि भन्ने चिन्ता राजनीतिक क्षेत्रमा व्यक्त भएको छ । चरम बेरोजगारी र गरिबीले पिल्सिएका बहसङ्ख्यक जनताले विकल्प खोजेको सङ्केत हो यो । जनताले खोजेको विकल्प सैनिक सत्ता नभएर लोकतान्त्रिक शासन नै हुनुपर्छ र हुन्छ भन्ने कुरामा सत्तारुढ तथा विपक्षी दुवै दलले विश्वास दिलाउन सक्नुपर्छ नत्र राजनीतिले चर्को मूल्य चुकाउनुपर्ने दिन आउनसक्छ ।

एक युगका क्रान्ति नायक मुगावे सत्तारोहणका सुरुका वर्षहरुमा उहाँको लोकप्रियता निकै राम्रो थियो । मुलुकलाई स्वतन्त्रता दिलाउन एक दशकभन्दा बढी समय जेल पर्नुभएको र जेलमुक्त भएपछि सशस्त्र विद्रोहको नेतृत्व गर्नुभएका उहाँ पहिला निर्विकल्प नेता हुनुभयो तर लामो समयसम्म सत्तामा रहेर जन अपेक्षाअनुसार काम गर्न नसकेपछि देश र जनताको अवस्थामा सुधार हुन सकेन । सत्ता मोहले अन्धो हुनुभएका उहाँ सातौँ पटकसम्म चुनाव जितेर राष्ट्रपति बन्दा पनि भरपर्दो नयाँ नेतृत्वको विकास पार्टीमा हुन दिनुभएन । आगामी वर्ष हुने चुनावमा समेत उठ्ने घोषणा गर्नुभएका ९३ वर्षीय बृद्ध मुगावबाट मुलुकले अब निकास पाउन सक्दैन भन्ने लागेर नै सैनिक विद्रोह हुँदा जनता बोलेनन्, चुपलागे । सकेसम्म मृत्युको मुखमा पुग्ने बेलासम्मआफै राष्ट्रपति बन्ने नसके पत्नीलाई बनाउने सपना देख्नुभएका उहाँलाई अब भने परिस्थितिले साथ लिएन ।

सन् १९२४ मा हारारेको दक्षिणपश्चिम कुटामा गाउँको गरिब परिवारमा जन्मनुभएका अश्वेत मुगावे शिक्षण पेसाबाट सार्वजनिक जीवन सुरु गर्नुभएको हो । बेलायतको उपनिवेशमा रहेको अल्पसङ्ख्यक श्वेत शासकबाट शासित मुलुकको स्वतन्त्रतताका लागि लड्ने प्रण गरेर राजनीतिमा लाग्नुभएका उहाँकै नेतृत्वमा सन् १९८० मा मुलुक स्वतन्त्र भयो । पहिलो निर्वाचनमा निर्वाचित भएपछि प्रधानमन्त्री बन्नु भएका मुगावेले सन् १९८७ मा मुलुकलाई कार्यकारी राष्ट्रपति प्रणालीमा लैजानुभयो । त्यसयता उहाँ लगातार राष्ट्रपति बन्दै आउनुभएको हो तर पछिल्ला वर्षहरुमा उहाँले गराएका चुनाव विवाद मुक्त हुन सकेनन् जसले गर्दा सत्तापक्ष र प्रतिपक्षीबीच सधैँ झगडा र तनावपूर्ण अवस्था बनिरह्यो ।

मुगावेले कृषिमा क्रान्ति गर्ने भन्दै क्रान्तिकारी भूमिसुधार कार्यक्रम अगाडि सार्नुभयो । अल्पसङ्ख्यक श्वेत जमिन्दारहरुको भूमिका हदवन्दी लागू गरी बहुसङ्ख्यक भूमिहीन अश्वेतहरुलाई वितरण गर्ने अभियान चलाउनु भएका मुगावेको यो अभियान सफल हुन सकेन जसले गर्दा कृषि उत्पादन झन् घट्दै गयो भने श्वेत र अश्वेतहरुबीचको सम्बन्ध चिसियो । अर्थतन्त्र तहसनहन अवस्थामा पुग्यो । आर्थिक मन्दी मुद्राफ्रीतिले महँगी आकासियो । धेरै जनता बेरोजगार भए, पाउरोटी किनेर पनि खान नसक्ने अवस्थामा पुगे । कामका लागि लाखाँैको सङ्ख्यामा श्रमिकहरु छिमेकी दक्षिण अफ्रिकालगायत विदेशतिर पलायन भए । बेरोजगारी र गरिबी बढेकै कारण बहुसङ्ख्यक जनतामा राजनीतिप्रति वितृष्णा पैदा भयो । सत्ताका आडमा सत्ताका आसेपासेहरुले अकुत कमाए भने जनता खान नपाएर भोकै बस्नुपर्ने अवस्था आयो । औसत आयु पुरुषको ५४ वर्ष र महिलाको ५३ वर्षमा सीमित भयो ।

क्रान्ति नायक मुगावेबाट आमजनताले निकै ठूलो आशा र भरोशा गरेका थिए । उहाँले मुलुक बनाउने सपना पनि बाँड्नुभयो । केहीगर्ने प्रयास पनि गर्नुभयो तर सफलता पाउनुभएन । उहाँका आसेपासेहरु मुलुक बनाउन भन्दापनि आफू बन्नतिर लागे । मुगावेका आसेपासेहरुले मुलुक लुटेका छन् उनीहरुमाथि कारबाही नगरे मुलुक बन्दैन भन्ने सेनाको मुख्य आरोप छ । अब मुलुक लुट्नेहरुमाथि सेनाले कारबाही गर्छ कि गर्दैन ? प्रश्न अनुत्तरित छ ।

प्रकाशित मिति : १६ मंसिर २०७४, शनिबार  ३ : ५० बजे