पशुपति शर्माले ल्याएको यस वर्षको पहिलो तीज गीत यस्तो छ (भिडियोसहित) 

June 22, 2017

काठमाडौँ । अहिलेको चर्चित तथा व्यस्त लोक तथा दोहोरी गायक/गायिका द्वय पशुपति शर्मा र जुना श्रीस मगरले “माईती भन्छन किन आईती ?” भन्ने तीजको कोशेली बजारमा ल्याएका छन् |  पशुपति शर्माको लय/शब्द रहेको यस गीतमा पशुपति र जुना दुवैको सुमधुर स्वर रहेको छ | मगर्स क्रियशन कम्पनीको फिल्म/म्युजिक प्रोडक्सन हाउसले उत्पादन गरि बजारमा ल्याएको यस गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेकाछन भने करन चैसिरले छायांकन गर्नुको साथै बिष्णु शर्माले सम्पादन गरेकाछन । यस गीतमा पशुपति शर्मा, जुना श्रीसमगर र दिल कुमारी राम्जाली गर्बुजामगर अभिनय गरेका छन् भने अन्य बाल कलाकारहरु शास्वत शर्मा र लुबिना शर्माको पनि अभिनय रहेको छ |

सम्बन्धित समाचार