असोज ३ र ५ मा नाचघरमा मञ्चन हुदै ‘जूनकीरी’

September 18, 2017

काठमाडाैं । भदाै अन्तिम हप्ता ६ दिनसम्म मञ्चन गरिएको रंगकर्मी नानी थापा एकल प्रस्तुति रहेको सामाजिक यथार्थपरक नाटक “जूनकिरी“ पुन मञ्चन हुने भएको छ ।

नाटक राष्ट्रिय नाचघर जमलमा भोलि दुइ शो र ५ गते दुइ शो मञ्चन हुने उनले बताइन् । ‘पहिलो शो २ः १५ मा र दोस्रो शो ५ बजे हुनेछ,’ नाटककी लेखक, निर्देशक तथा कलाकार थापाले बताइन् ।

नाटक कमल कोइरालाले संयोजन गरेका छन् भने लाइटमा सुमित डंगोल, ध्वनिमा पवन जन्वालले साथ दिएका छन् । ‘जूनकिरी त्यो नाटक हाे जसलाई हरेक तप्का र तहका हरेकवर्गले एकपटक हेर्नै पर्दछ’ –उनले भनिन् । नाटक सन्देसमुलक र चेतनामुलक भएकाले प्रदर्शनको माग बढेको थापाले खुलाइन् ।

 

सम्बन्धित समाचार