यशोदाको बालकथा संग्रह ‘जुरेली र मयुर’ सार्वजनिक

July 23, 2017

काठमाडौं । पत्रकार तथा साहित्कार यशोदा अधिकारी लिखित बालकथा संग्रह ‘जुरेली र मयुर’ को सार्वजनिक गरिएको छ ।  अाइतबार साझा प्रकाशन पुल्चोकमा पूर्वमन्त्री एवं साहित्यकार प्रदिप नेपाल, साहित्कार प्रमोद प्रधान, अन्नपूर्ण राष्ट्रिय दैनिकका अँकुर पृष्ठ संयोजक रामकला खड्का र साहित्यकार आनन्त वाग्लेले पुस्तक संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

रेडियो नेपालमा कार्यरत पत्रकार तथा साहित्यकार अधिकारीको यस पुस्तकका कथाहरुमा कलाकार राजकुमार प्रजापतिको चित्र रहेको छ ।२१ पृष्ठकाे पुस्तकमा हजुर आमाको गहना, जुरेली,मेयुर लगायत ७ वटा बालकथा समावेश गरिएको साहित्कार अधिकारीको भनाई छ ।

कार्यक्रमका प्रमुख  प्रदिप नेपाल, प्रमोद प्रधानले कृतिमाथि समीक्षा गरेका थिए ।

यसअघि अधिकारीका निषेधविरुद्ध (कवितासङ्ग्रह), अस्विकार (कवितासङ्ग्रह), संसार हल्लाउने एक सय एक सङ्घर्षशील नारीहरु (जीवनीसंग्रह ) र क ख गीत (बालकविता संग्रह ) प्रकाशित भैसकेका छन् । सञ्चारिका समूहको कोषाध्यक्षसमेत रहेका अधिकारीको जुरेली र मयुर (बालकथा सङ्ग्रह ) अधिकारीको पाँचौ कृति हो ।

सम्बन्धित समाचार