कालिप्रसादले न्युयोर्क तताउँने ।

December 16, 2018

न्युयोर्क/ एभरेष्ट टाईम्स
कालिप्रसाद बास्कोटा गीत सँगीतको क्षेत्रमा चर्चित नाम हो । नेपाल आईडलको दुईटै सिजनमा जजको रुपमा समेत ख्याति कमाएका उनै कालिप्रसाद बास्कोटा अगामी क्रिसमस ईभको साँझ न्यूर्योक स्थित फ्यूजन लाउन्जमा दमदार प्रस्तुतीका लागि आउँने आयोजकले बताएको छ । सुबि ईन्टटेन्मेन्टको आयोजना तथा घरमैै रेकर्ड ईभेन्टको सहकार्यमा हुन लागेको यस कार्यक्रम यही डिसेम्बर २४ तारिक बेलुका ९ बजेबाट शुरु हुने जनाईएको छ ।
डिजे सूर्य र डिजे रोकेशको समेत बिशेष आकर्षक प्रस्तुती रहने कार्यक्रमको टिकट अग्रिम लिएमा ३० डलरले अनलाईनमा समेत लिन सकिने र सोही दिन ढोकामा लिँदा ३५ डलर तोकिएको बिक्री प्रवर्तक पवन योन्जनले जानकारी दिए । प्रत्येक टिकट होल्डरलाई दुई वटा पेय पदार्थ सहित निशुल्क पाकिंङ्ग सुविधा भएको उनले बताए ।

सम्बन्धित समाचार