कामीरिता शेर्पा २३ पटक सगरमाथाको चुचुरोमा, तोडे आफ्नै रेकर्ड

May 15, 2019

काठमाडौं । चर्चित हिमाल आरोही कामीरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेका छन् । आज बिहान ७ः५० मा उनी साउथ साइड तर्फबाट सगरमाथा चुचुरोमा पुग्न सफल भएका हुन् ।

मे ३ मा उनले आफू २३ औं पटक सगरमाथा यात्रामा रहेको जनाएका थिए । ४९ वर्षे शेर्पा मंगलबार क्याम्प चारमा पुगेका थिए भने आज बिहान चुचुरो पुगेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पालाई उद्धृत गर्दै हिमालयन टाइम्सले उल्लेख गरेका छन् ।

योसँगै उनले आफ्नो रेकर्ड तोडेका छन् । यसअघि विभिन्न हिमाल आरोहण गरिसकेको शेर्पाले २२ पटक सगरमाथा आरोहण गरिसकेका छन् ।

सम्बन्धित समाचार