पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा पुनः केजीन

June 26, 2017

बेल्जियम  । नेपाल पत्रकार महासंघ यूरोप शाखाको अध्यक्षमा पुनः केजीन राई निर्वाचित भएका छन । शनिबार बेल्जियमको ल्यूबेनमा आयोजित यूरोप शाखाको तेश्रो अधिवेशनबाट उनी निर्वाचित भएका हुन । नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष खिलबहादुर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले नेपाल पत्रकार महासंघ यूरोप शाखाको नयाँ कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्षमा डिल्लीराम अम्गाई (बेल्जियम), उपाध्यक्ष राजकुमार दिक्पाल (पोर्तुगल ) महासचिवमा योगेन्द्रमिलन छन्त्याल (पोर्तुगल )लाई निर्वाचित गरेको छ ।

त्यसै गरी सचिवमा द्रोण रिजाल (नेदरल्याण्ड) सदस्यहरुमा शेरबहादुर छन्त्याल (बेल्जियम), वीरमान घर्ति मगर (बेल्जियम), प्रेम परियार (नर्वे), निराजन श्रेष्ठ (स्वीटजरल्याण्ड), माहिन्दो वाईवा (ईटली), प्रेम पोमु (जर्मनी) र तेज नेपाली (बेल्जियम) चयन भएका छन् ।
यसैगरी नयाँ सदस्यताको प्रक्रिया पूरा गरेपछि स्पेनका वसन्त रानाभाट, डेनमार्कका महेश खाँती र पोर्तुगलका पेम्बा गेलु शेर्पालाई सचिवमा, स्पेनका भोला लामिछाने, बेल्जियमका निलम घिमिरे, दीपकज्योति पौड्याल, स्वीटजरल्याण्डका अच्युतप्रकाश फुयाल, जंगम खड्का, पोर्तुगलका यामबहादुर गुरुङ, गणेश पाण्डे, विष्णु पौडेल र फ्रान्सका विनोद खकुरेललाई सदस्यमा पदस्थापन गर्ने निर्णय गरिएको छ ।

उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष खिलबहादुर भण्डारीले युरोप शाखाको तेस्रो अधिवेशनले युरोपमा सक्रिय पत्रकारहरुलाई एकता र सहमति अनुसार मुलधारमा ल्याउन सफल भएकोमा खुशी लागेको बताए । भण्डारीले स्वतन्त्र पत्रकारितामा देखिएका पछिल्ला चुनौतीहरुमा पत्रकारहरु बढी जिम्मेवार बन्न अनुरोध गरे । पत्रकार महासंघ युके शाखा अध्यक्ष नरेश खपाङ्गी मगरले प्रवासमा बसेर पनि नेपाली पत्रकारितामा सकृय पत्रकारहरुसँग सधै समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ, गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सचिव अर्जुनकुमार श्रेष्ठ, परिषदमा बेल्जियमबाट सदस्य रहेका नेत्र मगर, एनआरएनए बेल्जियम अध्यक्ष गंगाधर गौतम, एनआरएनए पोर्तुगल अध्यक्ष भिम केसी कमल, नेपाली संघिय समाज बेल्जियम महासचिव लोक राना, नेपाली जनसम्पर्क समिति बेल्जियमका महामन्त्री सुवास गुरुङ, नेपाली जनप्रगतिशिल मन्च बेल्जियमका अध्यक्ष जीत लामा, तामाङ समाज युरोप अध्यक्ष बाबुराजा लामालगायतका अतिथिको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार