खादामाथि भ्रामक प्रचार गरेको विरोधमा बौद्धमार्गीको विरोध [भिडियोसहित]

March 24, 2019

काठमाडौं । बौद्धधर्मवलाम्बीको प्राचीन सस्कृतिसग जोडिएको पवित्र खादाबारे विद्वेषपुण अभिव्यत्ती र भ्रम फैलाएर प्रतिबन्ध लगाउन खोजेको विरुद्ध हजारौ बौध्द धर्मवलाम्बीहरु हातमा विभिन्न प्लेकार्डहरुका साथ नारा लगाउदै विशाल विरोध कार्यक्रम गरियो । राजधानीको माइतीघर मण्डलमा हजारौको संख्यामा भेला भएका उनीहरुले बौद्ध संस्कृति खादाबारे भ्रम फैलाउन पाईन्दैन पाईन्दैन, खादा प्रयोगमा प्रतिबन्ध लगाउने सुनियोजित षड्यन्त्र बन्द गर बन्द गर , ढाकाको गलबन्दीलाइ खादा भनेर नामकरण गर्न पाईन्दैन पाईन्दैन, प्राचीन बौद्ध संस्कृतिमाथी अनास्था फैलाउन पाईन्दैन पाईन्दैन, धर्मिनरपेक्षसंग बँझिएका ऐन कानुन तत्काल खारेज गर खारेज गर, राज्यले सबै धर्म प्रति समान व्यवहार गर्नै पर्छ गर्नै पर्छ, धार्मिक सदभाव विथोल्नेहरू माथी कडा कारवाही गर कारवाही गर, धर्म्निरपेक्ष नेपाल जिन्दवाद जिन्दवाद । नारा जुलुसका साथ विरोध सभामा विभिन्न गुम्बाहरुका भिक्षु ,भिक्षुणी, उपासक, उपासकीकाहरुको साथै सम्पुर्ण आदीवासी संघसस्थाहरु र बौद्धधर्मवलाम्बीहरुको बिशाल सहाभागीता रहेका थिए । नेपाल बौध्द महासंघको अगुवाईमा कार्यक्रम नेपाल बौद्ध महासंघका महासचिव खेन्पो कमल भण्डारीले सञ्चालन गरेका थिए ।

उक्त विरोध सभामा नेपाल ह्योल्मो समाज सेवा सघका अध्यक्ष पेमा लामा ह्योल्मो, नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जे लामा शेर्पा, नेपाल तामाङ घेदुङका महासचिब बाबु घिसीङ, नेपाल आदिवासी जनजाति महिला महासंघका उपाध्यक्ष छिकिपा लोमी, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष नवीन रोका मगर लगायतले खादा सम्बन्धी गलत अविव्यक्तिको विरोध गदै खादा विरोधी कार्य गर्ने जनप्रतिनिधिलाइ तत्काल कार्यवाही गर्न गरेका थिए । विरोध सभापछि शान्तिपुर्ण रा¥ली बानेश्वरतर्फ अघि बडेका थिए । नाराजुलुसका भएको कोण सभा विर्षज गर्नु अगाडी नेपाल बौध्द महासंघका महासचिव तथा कार्यक्रमको संयोजक खेन्पो कमल भण्डारीले विभिन्न जिल्ला प्रशासन कार्यलय र विदेश स्थित कुटनितिक नियोग मार्फत ज्ञापन पत्र बुझाउने र कास्कीमा विरोध सभा गर्ने जानकारी दिएका थिए । प्रतिबन्ध लगाउने सुनियोजित षड्यन्त्र बन्द गर जस्ता नारा लगाएका थिए । विरोध सभाको आयोजकहरु निम्न रहेका छन ।
(१) नेपाल बौद्ध महासंघ
(२) नेपाल आदिवासी जनजाति महासंघ
(३) राष्ट्रीय आदिवासी जनजाति महिला महासंघ
(४) नेपाल तामाङ घेदुङ
(५) तमु ह्युल छोंज धिं गुरूङ राष्ट्रिय परिषद
(६) नेपाल शेर्पा संघ
(७) नेपाल डोल्पो जनजाति विकास केन्द्र
(८) ह्योल्मो समाज सेवा केन्द्र
(९) शिङ्सा कल्याण केन्द
(१०) लार्के समाज कल्याण केन्द्र
(१२) वालुङ सेवा समाज
(१३) सियार समाज कल्याण केन्द्र
(१४) थुदाम सेवा समाज
(१५) तांवे समाज सेवा संघ,
(१६) मुगाल जनजाति समाज कल्याण केन्द्र
(१७) बाह्रगाउ समाज सेवा समिति
(१८) नेपाल शेर्पा महिला संघ
(१९) हिमालयन शेर्पा साँस्कृतिक केन्द्र
२०) नेपाल ह्योल्मो समाज सेवा संघ
२१) नेपाल ह्योल्मो महिला संघ, केन्द्रीय कमिटी काठमाडौं’
(सम्पूर्ण खादा प्रेमी तथा खादा प्रयोगकर्ता जनसमुदय तथा संघसंस्थाहरू

सम्बन्धित समाचार