अमेरिकामा कांग्रेस नेता खड्काको शोकसभा

April 17, 2018

ध्रुव भण्डारी/न्युयोर्क

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले नेपाली काँग्रेसका नेता एवं केन्द्रीय सदस्य, पूर्व महामन्त्री तथा पूर्वमन्त्री खुमबहादुर खड्का प्रति श्रन्द्धान्जली तथा शोकसभा कार्यक्रमको आयोजना गरियो ।

प्रमुख अथिति नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले खड्का एक राष्ट्रवादी र विकास प्रेमी नेता भएको बताइन् । विकास गरेर मात्र हुदैन विकास गरेको महसुस जनतालाई दिलाउनु पर्छ भन्ने धारणा स्वा. खुमबहादुर खड्काको भएको र त्यही काग्रेसले गरेका विकासहरूको महसुस नेपाली जनतालाई गराउन नसक्दा निर्वाचनमा काँग्रेसले ठुलो हार व्योहोरेको कुरा स्मरण गराउदै, उपाध्यायले स्व. खड्का एक दुरदृष्टी भएको नेता बताइन् । गुट र उपगुटमा नगई वैचारिक सिद्धान्तको आधारमा कार्यगत एकता गरी अगाडि बढ्नु पर्ने धारणा राख्दै उनले व्यक्तिको होईन संगठनको भईदिन कार्यकर्तालाई निर्देशन आग्रह गरिन् ।

जनसम्पर्क समिति अमेरिकाबारे उनले हालको कार्यसमिति विघटन नभएसम्म अधिवेशन सम्बन्धित कुनै गतिविधि नगर्न परिपत्र पार्टीले गरेको कुरा बताइन् । अहिलेको कांग्रेसको विधानमा लेखिएका केही कुराहरू काँगे्रस कार्यकर्तालाई सम्झाउदै उपाध्यायले संगठनको अहिलेको अवस्थामा हुन सक्ने केही विकल्पसमेत राखिन् ।

बिशेष अथितिको काँग्रेसका केन्द्रीय सदस्य एवं समितिका सभापति आनन्द बिष्टले खड्का कार्यकर्तालाई औधी माया गर्ने राष्ट्र प्रेमी नेता भएको बताए । नेपालमा भएको स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका कारण संस्थाको अधिवेशन गर्न केही ढिलाई भएको हुनाले निर्वाचित समितिले नै अधिवेशन गर्नुपर्ने धारणा बिष्टले राखे । त्यस्तै जन सम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले लोकतन्त्र प्राप्तिका अथक योद्धा खड्का साहसी, निडर, कुशल संगठक र राष्ट्रवादी नेता भएको बताए । महासचिव नेम्बाङले पार्टीले विश्वभरका जनसम्पर्क समितिहरूको विधानमा एकरूपता ल्याउनु पर्ने, पार्टीको केन्द्रीय अधिवेशनसँग क्यालेन्डर मिलाउन संसारभरीका जनसम्पर्क समितिहरूको अधिवेशन एउटै समयमा गर्नुपर्ने र पार्टीको कृयाशिलत सदस्यता वितरणमा बिशेष ध्यान पु¥याई, विदेशी नागरिकता लिएकाले कृयाशिलता सदस्यता लिन पाउने या नपाउने बारेमा पार्टीको स्पष्ट धारणासहित निर्देशन आउनु पर्ने कुरा राखे ।

जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका उपाध्यक्ष अमर तामाङको सभापतित्वमा भएको कार्यक्रममा श्यामकाजी गुरुङ, नेजसस अमेरिकाका केन्द्रीय सदस्यद्वय सुन्दर गुरुङ, सुवास लामा, सल्लाहकार, हरीनारायण सापकोटा, एनआरएन आईसिसि सदस्यद्वय बन्दना कोइराला, गोमा सेन, कृष्ण पोख्रेल, शिव बाँनिया, पर्यटन बोर्डका जनसम्पर्क अधिकृत प्रदीप श्रेष्ठ, कमला प्रसाई, हरीसचन्द्र हमाललगायत थिए ।

खड्काको शोकसभा सकिए लगतै, न्यूयोर्क शहरको रिजउडमा निर्माण हुनलागेको सामुदायिक भवन तथा दुर्गा मन्दिरका लागि नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा घोषणा गरिएको सहयोग रकम मध्ये पहिलो किस्ता वापत जम्मा ८ हजार सय ५० डलर प्रमुख अथिति महालक्ष्मी डिना उपाध्यायको हातबाट दुर्गा मन्दिरका पण्डितद्वय हरीनारायण समकोटा र उद्वव शास्त्रीलाई हस्तान्तरण गरिएको थियो । ज्याक्सन हाइटको स्थानीय थकाली रेस्टुरेन्टमा आयोजित श्रद्धान्जली सभाको कार्यक्रम च्याप्टरका महासचिव महेश मल्लले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार